अर्थ-वाणिज्य

मुख्यमन्त्रीको डायरी : सरकारका असाधारण र दुरगामी महत्वका काम



बुटवल २२ फागुन । नेकपा ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेका ‘राम्रा काम’हरुको फेहरिस्त सामाजिक सञ्जालमा प्रस्तुत गरेका छन् । फेसबुकमार्फत् उनले विभिन्न क्षेत्रमा ओली सरकारले गरेको कामहरुको विवरण देखाउँदैं ती कामहरुलाई ‘असाधारण र दूरगामी महत्व भएको’ बताएका छन्

     धेरै काम गरेर पनि ओली घेराबन्दीमा परेको पोखरेलको बुझाई छ । ‘तर पनि यतिबेला उहाँ चौतर्फी घेरावन्दीमा हुनुहुन्छ,’ उनले भनेका छन्, ‘पार्टी एकता संकटग्रस्त बनेको छ । राष्ट्रिय राजनीति पुनः अस्थिर र अन्योलग्रस्त बनाइँदै । सबैपक्ष गंभीर र जिम्मेवार बनौँ ।’  

उनका अनुसार यस्तो छ ओली सरकारका १९ महत्वपूर्ण कामः 

– विश्वास गुमेको अवस्थामा संविधानसभाबाट नयाँ संविधानको निर्माण 

– जातिय क्षेत्रिय अतिवाद र विखण्डनवादको वैचारिक रुपमा सामना 

– भारतिय नाकाबन्दीको सामना र सफलता

– चिनसँगको ऐतिहासिक पारवान संझौतावाट भविष्यमा नाकाबन्दी नहुने परिस्थितिको निर्माण

– नेकपा९एमाले०को नेता भएपछि पार्टीको लोकपृयतामा वृद्धि

– सफल चुनावी गठवन्धन र ऐतिहासिक पार्टी एकताको नेतृत्व

– भारत र चिनसँगको सम्बन्धलाई नयाँ आयाम दिने प्रयास

– अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज सुनिने अवस्थाको सिर्जना

– सन् १९५०को असमान सन्धीको पुनरावलोकनमा सैद्धान्तिक सहमती

– पूर्वधार विकासमा तिव्रता

– रणनीतिक विकास आयोजनाहरु९रेलमार्ग, जलमार्ग,हवाई यातायात, सुरुङमार्ग, उत्तरदक्षिण करिडोर, खानी अन्वेषण र उत्खननको तयारी आदी० को थालनी

– सामाजिक सुरक्षामा नयाँ आयाम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम

– विप्लव र सिके राउतसंगको ऐतिहासिक शान्तिवार्ताको नेतृत्व

– छोटो समयमा नयाँ संविधानको सफल कार्यान्वयन र आम स्विकारोक्तिको निर्माण

– तराई मधेसको विकासमा तिव्रता

– प्राविधिक शिक्षामा जोड र विद्यार्थी भर्ना दरमा उल्लेख्य वृद्धि

– सडक मानवरहीत अभियानको नेतृत्व

– स्वास्थ पूर्वाधार विकासमा क्रान्ति

– कोभिड १९ महामारीको सफलतापूर्वक सामना आदी ।  

फेसबुकबाट

प्रकाशित : २२ फाल्गुन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६