जीवनशैली

नेपाल बाल संगठनको अधिबेशनवाट नेतृत्व चयन



तौलिहवा २३ फागुन । नेपाल बाल संगठन कपिलबस्तुको  साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेकोछ । अधिवेशनले गोपालमणी ज्ञवालीको सभापतित्वमा ८ सदस्यीय समिती सर्व सहमत रुपमा चयन गरेको छ । समिति सदस्यहरुमा श्याम प्रसाद सुवेदी, सन्तोष कुमार श्रीवास्तव, श्याम प्रकाश प्रजापती, कृष्ण सापकोटा, प्रेमकला थापा, रेनु, निर्माला न्यौपाने, सन्दीप प्रताप मौर्य सर्वसहमत रुपमा चयन हुनु भएको छ ।


समितीको पछि बस्ने बैठकले भने कार्यविभाजन तथा जिम्मेवारी प्रदान गरिने बताइएको छ । प्रत्येक नगरपालिका तथा गाउपालिका समेटिने गरि सदस्यता वितरण गरिएको सभापति गोपालमणी ज्ञवालीले बताउनुभएको छ । कार्यक्रम नेपाल बाल संगठनका केन्द्रीय अध्यक्ष विद्या उपाध्याय न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली , प्रहरी कार्यालयका प्रतिनिधी , समाजसेवी बुद्धिजिबी लगाएतको सहभागिता रहेको  कपिलबस्तु बाल गृहका प्रमुख राम प्रसाद अर्यालले जानकारी दिनुभयो ।

कार्यक्रममा आर्थिक तथा प्रगती प्रतिवेदन अध्यक्ष गोपालमणी ज्ञवालीले प्रस्तुत गर्नुभएको थियो । भने प्रस्तुत प्रतिवेदन सर्व सम्मत रुपमा पारित भएको अर्यालले जानकारी दिनुभएको छ ।  

प्रकाशित : २३ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६