अर्थ-वाणिज्य

बङ्गलादेशबाट खरिद गरिएको मल वीरगञ्ज भन्सार आइपुग्यो



काठमाण्डौ २६ फागुन । बङ्गलादेशबाट खरिद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरिदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो ।भन्सारमा आइपुगेको रासायनिक मल भन्सार पास गरी कम्पनीको भण्डारणमा लैजाने काम भैरहेको छ । नेपाल सरकार र बङ्गलादेश सरकार ९जीटूजी० सम्झौताअनुसारको पहिलो चरणको रासायनिक मल नेपाल आइपुगेको हो । बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मलमध्येमा पहिलो चरणमा कोलकातामा २२ हजार ५०० टन रासायनिक मल ल्याइएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोलकाताबाट मल रेल तथा ट्रकमार्फत नेपालमा ल्याइनेछ । गएको बिहीबार कोलकाताबाट छ ट्रकमा २५० टन मल विराटनगरका लागि ल्याइएको उहाँले जानकारी दिनुभयो । यसैगरी आज पुनः रेलमा दुई हजार ५०० टन मल नेपालका लागि हिडिसकेको छ । रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगञ्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ ।कृषि सामग्री कम्पनीबाट रासायनिक मल खरिदको अन्तिम सम्झौताअुनसार बङ्गलादेशसँग प्रति मेट्रिक टन १८ डलरमा सम्झौता भएको हो । जीटूजीमार्फत मल ल्याउन गएको कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । 

प्रकाशित : २६ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६