अर्थ-वाणिज्य

पार्टी एकता जोगिन नेपाल -खनाल कै भर : प्रचण्ड



रुपन्देही २८ फागुन । नेकपा मओवादी केनद्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अदालतले दुई फरकदलमा रुपान्तरण गरिदिएका नेकपालाई फेरी एकिकरण गर्ने संभावना उच्च रहेको वताउनु भएको छ । तर यो काम माध कुरमार नेपाल र झलनाथ खनालले एमाले भित्र खेल्ने भूमीकाका आधारमा हुने वताउनु भएको छ । बुटवलमा भएको कार्यकर्ता भेलामा बोल्दै उहाले यस्तो वताउनु भएकोहो । प्रचण्डले 

 अहिले पनि षडयन्त्र जारी रहेकाले हाइअलर्टमा बस्न कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।  बुटवलमा शुक्रवार आयोजित कार्यकर्ता भेलामा प्रचण्डले संसद पुनस्थापना भएर आफूहरुले एउटा व्याटल जितेपनि षडयन्त्र अझै जारी रहेको उल्लेख गर्नु भयो । संसद पुनस्थापना भएर आफूहरुको जित भएको जस्तो देखीएपनि पार्टी पुरानै अवस्थामा पुग्नुले षडयन्त्र जारी रहेको संकेत गर्ने प्रचण्डको भनाइ छ। ‘अहिले पार्टी जसरी पु¥याउने कुरा भयो ।

या अहिले जसरी सरकार निर्माण गर्ने या गठबन्धन निर्माण गर्ने क्रममा जे जस्ता अभ्यासहरु देखा पर्न थालेका छन्।’ उहाले भन्नु भयो ‘ प्रतिक्रियाबादी षडयन्त्र अहिले पनि जारी छ। त्यसैले रिल्याक्स गर्ने, हाम्रो काम पुरा भयो जसरी सोच्न हुने अवस्था छैन। अहिले पनि हामी हाइअलर्ट बस्नुपर्ने अवस्था छ।’प्रचण्डले जो शक्तीसँग मिलेर संविधान लोकतन्त्र र निरंकुशताका विरुद्ध लडिएको थियो तिनिहरुसँग सहकार्य गर्नुपर्ने अवस्था अहिले पनि विद्यमान रहेको बताउनु भयो ।  उहाले एमालेको माधव नेपाल पक्षका मान्छेलाई माओवादीमा प्रवेश गराइहाल्ने हतार नगर्न कार्यकर्तालाई निर्देशन दिनु भयो । 

प्रकाशित : २८ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६