अर्थ-वाणिज्य

उर्वरफाँटमा धमाधम कंक्रिट बस्ती, जनता विरोधमा तर स्थानीय सरकार मौन



अघाँखाँची २९ फागुन ।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका कुडुले फाँट, विर्ती फाँट लगायत बाँगी खोलामा रहेका उर्वर फाँटमा पक्की घर निर्माण गर्नेे क्रम बढेसँगै खेतीयोग्य जमिन मासिँदै गएको छ ।जिल्लाको अन्न भण्डार र खेतीयोग्य जमिन मासिन थालेपछि कृषकहरु चिन्तित भएका छन् ।

खेतका फाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसंगै उर्बर फाँट कंक्रिट शहरमा परिणत हुने जोखिम बढ्दै गएपछि कृषकहरुले यसको बिरोध गरेका छन् । रुब्द्दीदेखि कुडुले, विर्तीको उपल्लो फाँट र तल्लोफाँट गरी दुई भागमा बाँडिएको बगरफाँट जिल्लाकै अन्न भण्डारको रुपमा चिनिएको छ ।

विभिन्न स्थानबाट बसाइ सरेर बाँगीफाँटमा घडेरी किनेर घर बनाएर बस्ने क्रम बढेसँगै उर्वर फाँट मासिँदै गएको हो । उता सन्धिखर्क मात्र नभएर जिल्लाबासीले खेतीयोग्य जमिन मासेर घडेरी बनाउन रोक्न नगरपालिका तथा स्थानीय प्रशासन र प्रहरीलाई माग गरेका छन् । तुरुन्त खेतीयोग्य जमिन मासेर घडेरी बनाउन  रोक्नुपर्ने उनिहरुको माग छ ।  तर अहिले सम्म न त पालिकाले सुनेको छ । न स्थानीय प्रशासनले । 

प्रकाशित : २९ फाल्गुन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६