कपिलवस्तु ३ चैत ।भौगोलिक रुपले अलि विकट जस्तो देखिने कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ३ कपिलवस्तुले विकासमा फड्को मार्दै गएको छ । संविधान निर्माण पश्चात निर्वाचित स्थानिय सरकारले दृढताका साथ विकासका गतिविधिहरु अगाडी बढाएपछि वडाले विकासमा छलाङ मार्दै गएको जनप्रतिनिधीहरुको भनाई छ । चालु आर्थिक वर्षका योजना कार्यान्वयन स्थिति झण्डै ७५ प्रतिशत पुगिसकेको वडाध्यक्ष विकास आचार्यले बताउनु भएको छ ।
बुद्धभूमि वडा ३ मा हाल ६ करोड रुपैयाँको भृकुटीनगर खानेपानी, ५ करोड ५९ लाख रुपैयाँको रनगाई खानेपानी आयोजना निर्माणको क्रममा रहेका छन् । त्यस्तै दुविया धनचौरा खानेपानी आयोजना भने हाल सम्पन्न हुने चरणमा रहेको बताइएको छ । यस्ले वडा बासीलाई स्वच्छ पिउने पानीको पहुँच सम्म पु¥याउने प्रक्षेपण गरिएको छ। पानीको पहूँच विस्तारकै लागि बोक्तापुर र टाँकुमा डिप बोर्डिङ गाड्ने काम पनि सञ्चालनको क्रममा रहेको छ ।
यस्तै बुड्डी महुवारी सडकको कालो पत्रेको काम चलिरहेको छ । जस्मा संघिय सरकारको ४ करोड र प्रदेश सरकारको ८५ लाख रुपैयाँ बजेट विनियोजन भएर कार्यान्वयन भैरहेको छ । पिच अन्तर्गत व्ल्याक टपको काम बाहेक अरु सबै काम सिद्धिएको वडाले जनाएको छ । धनचौरा भग्गुचोक बुधइया गोरापुरे टोलको ६ सय मिटर बाटो कालोपत्रेका लागि ६५ लाख रुपैयाँमा टेन्डर भैसकेको छ । पुल निर्माण तर्फ पनि वडाले चालु आर्थिक वर्षमा ठु्लो फड्को मार्दै गरेको बताइएको छ । वडा भित्र ३ करोड रुपैयाँमा ५० मिटर लम्बाई रहेको मसुरे पक्की पुल, चनवा घाट मसुरे चनवा जोडने ३५ मिटर लामो ट्रष्ट व्रिज ३७ लाख रुपैयाँको लागतमा निर्माण हुन गैरहेको बुद्धभूमि नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विकास आचार्यले बताउनुभयो ।
भहराई खोला सिंचाई आयोजना अन्तर्गत नहर निर्माणका लागि ३५ लाख रकम विनियोजन भै आएको हुँदा त्यसलाई छिट्टै कार्यान्वयनमा ल्याइने बताइएको छ । राम लक्षमण ताललाई सुन्दरीकरण र बोट सञ्चालनका लागि बजेट अभाव भएको छ । हाल प्रदेश सरकारले १० लाख र राम लक्षमण सामुदायिक बनको ३ लाख रुपैयाँ लागतमा ताल सुन्दरीकरणको काम चलिरहेको वडाले जनाएको छ ।
१५ लाख रुपैयाँ लागतमा सिवालय मन्दिर हुँदै टाँकु थारु गाउँ जाने बाटो पिसिसि कार्यक्रम त्रिशक्ति आधारभूत विद्यालय देखि बोक्तापुर जाने बाटो, २० लाख रुपैयाँ लागतमा र धनचौरा सेखोनिया सडक १५ रुपैयाँ बजेटमा कार्यान्वयनको चरणमा रहेको बताइएको छ । आफ्नै वडा कार्यालय भवन नहुँदा कार्य सम्पादनमा आफूहरुलाई कठिन भएकोमा यहि पौष २८ गतेको कार्यपालिका वैठकले राष्टिय योजना आयोगमा समपूरक विशेष अनुदानका लागि माग गरि पठाइएको आचार्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया