अर्थ-वाणिज्य

कांग्रेसको चाहना एकल सरकार,संयुक्त सरकारमा जाँदैनौ : नेता महत



कपिलवस्तु ४ चैत  नेपाली कांग्रेसका सह महामन्त्री डा प्रकास शरण महतले नेपाली काग्रेस अहिले सरकारमा जान नसक्ने संकेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई हटाउन आवश्यक रहेको भएपनि काग्रेसले एकल सरकार बनाउन चाहेकोले अहिलनै  सरकरमा जान सक्ने अवस्था नरहेको बताउनुभयो ।

काग्रेसले पूर्ण शक्तिका साथ सरकारमा जाने भएकोले हातखुट्टा बाधेर सरकारमा जानुको कुनै अर्थ नरहेको टिप्पणी गर्नुभयो ।  कपिलवस्तुको चन्द्रौटामा कार्यक्रता भेटघाट गर्दै महतले आगामी निर्वाचनमा काग्रेसले जित्न चाहेकोले अहिले सम्पुर्ण शक्ति निर्वाचन जित्न तर्फ केन्द्रित रहेको बताउनुभयो ।

अहिले नागरिकको सरकार बन्न नसकेको बताउँदै सकेमा यहि संसदवाट नया सरकार बनाउने नसके निर्वाचन वाट भएपनि ओलीलाई हटाउने महतले बताउनुभयो । अहिले पुनस्थापित संसदमा सरकारमा जाने नजाने भन्ने विषयमा अंकगणितको आधारमा निर्धारण हुने बताउनुभयो ।

अन्य राजनितिक दलहरुले बिना सर्त काग्रेसको नेतृत्वमा सरकारमा जान चाहेमा काग्रेसले बिचार गर्ने बताउनुभयो । ओलीको नेतृत्वमा बनेको यो सरकारले देशमा अनियमितता भष्ट्रचारमा लिप्त भइ लोकतान्त्रीक संस्थालाई कमजोर बनाइएको आरोप लगाउनुभयो ।

प्रकाशित : ४ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६