अर्थ-वाणिज्य

नवनिर्वाचित अध्यक्ष र सदस्यलाई स्वागत



चन्द्रौटा ५ चैत ।सामुदायिक रेडियो प्रशारक संघ अकोरावका लुम्बिनी प्रदेश अध्यक्ष राजुु खराल र प्रदेश सदस्य शरद अधिकारीलाई सम्मान गरिएको छ । बुधवार कपिलवस्तुको रेडियो समानता,रेडियो भ्वाइस र रेडियो शिवराजको सयुक्त आयोजनामा चन्द्रौटामा सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले समाज सुधारमा सामुदायिक रेडियोको भुुमिका उल्लेखनिय रहेको भन्दै रेडियोहरुलाई मजवुत बनाउनुपर्ने बताउनुुभयो  ।

कारोनाको महामारीको समयमा पनि अहोरात्र नागरिकहरुलाई सुचना पुरयाउने माध्यम भनेको रेडियो नै रहेकोले रेडियोहरुलाई बचाउने दायित्व सरकारको रहेको शाहले बताउनुुभयो । सामुदायिक रेडियोलाई स्थापित बनाउन संसदिय विकास कोष वाट दिने सक्ने प्रवधान भएमा रेडियोहरुलाई सहयोग गर्ने आवश्वासन दिनुुभयो । सांसद शाहले कपिलवस्तुु जिल्लाले प्रदेशको नेतृत्व पाएकोले यस कार्यकालमा नमुना काम गरेर देखाउन सुुझाव दिनुुभयो ।

फरक प्रशंङ्गमा बोल्दै शाहले अहिलेको सरकार नागरिक मैत्री बन्न नसकेको टिप्पणी गर्नुभयो । नागरिकको ईच्छा बमोजिम प्रधानमन्त्रीले काम नगरेकोले नैतिकता आधारमा राजिनामा दिनुुपर्ने तर्क राख्नुुभयो । मुलुकलाई समृद्ध बनाउन केपी ओलीले नसक्ने भन्दै आन्तरिक विवादका कारण संविधानमै धोस्त पार्ने चलखेल भएको शाहले बताउनुुभयो ।

कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले सामुुदायिक रेडियाले स्थानिय सरकारका गतिविधिलाई जनता सम्म पुराउन सहयोग गरेको बताउनुुभयो । रेडियो भरपर्दो  संचार माध्यमको रुपमा रहेको भन्दै सत्यतथ्य समाचारलाई स्थान दिनुपर्ने बता

उनुुभयो । महाराज गंज नगरपालिकाका नगरप्रमुख अब्दुल कलामले प्रदेशको नेतृत्व कपिलवस्तुले पाउनुु खुुसिको कुरा रहेको जनाउनुुभयो । यो या त्यो बाहानामा कपिलवस्तुलाई पछाडि पारिएको भन्दै नव निर्वाचितहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुुभयो ।

कार्यक्रममा सामुुदायि रेडियो प्रशारक संघ अकोरावका प्रदेश अध्यक्ष राजु खरालले सामुदायिक रेडियोहरुको सरकार सग नितिगत लडाई रहेको बताउनुुभयो । कतिपय रेडियोको कोरानाका कारणले बन्द भए भने कतिपयको अवस्था जटिल रहेकोले रेडियो संचालनको लागि सरकार गम्भीर बन्नुपर्ने तर्क राख्नुभयो । प्रदेशमा ६४ वटा रेडियो संचालनमा रहेकोले ती रेडियोहरुलाई एकजुट बनाएर अगाडी बढने प्रतिबद्धता जनाउनुुभयो ।

पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुुसाल,शिवराज नगरकार्यपालिका सदस्य सिबि गहतराज,जनता समाजवादी पार्टीका नेता रामनिवास पुरी,कृष्णकुमार चौधरी,नेपाली काग्रेसका नेता हुमाकान्त खनाल,मधुु पोख्रेल,अजय थापा,नेकपा माओवादीका दिनेश पुन,एमालेका नगत पौडेल,महादेव पोखरेल,विष्णु खतिवडा, निशा विक लगाएतले रेडियोहरुको कामलाई प्रशंसा गर्दै सफलताको कामना गरेका थिए ।

रेडियो शिवराजका उपाध्यक्ष रिना गिरिको अध्यक्षता,प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहको प्रमुख आतिथ्यता,संजिव गतहराजको स्वागत मन्तव्य र जन्जीत बन्जाडेको संचालनमा सम्पन्न भएको छ ।

प्रकाशित : ५ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६