कपिलवस्तु ५ चैत ।समयमै ग्राभेल प्राप्त नहुँदा रुपन्देहिको कञ्चन १ मा विकासका काम प्रभावित भैरहेको वडा कार्यालयले बताएको छ । बुधबार वडा कार्यालयमा संचारकर्मिहरुसंग साक्षातकार कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्दै वडाध्यक्ष हरिनारायण थारुले सो कुरा बताउनु भएको हो । विकास निर्माणका कामका लागि आवश्यक पर्ने ग्राभेल चलन चल्तीको रेट अनुसारको हिसाब गरेर बजेट आउने गरेको तर ग्राभेलको अभाव भएको अवस्थामा त्यस्को मुल्य बढि पर्ने र त्यहि पनि समयमा नपाइँदा विकास निर्माणका कामहरु प्रभावित हुने गरेको वडाध्यक्षको भनाई छ ।
गत आर्थिक वर्षमा ग्राभेलको अभाव संग संगै कोरोनाको कारणले पनि विकास निर्माणका काम प्रभावित भएकोमा यस आर्थिक वर्षमा कोरोनाको प्रभाव हटे संगै विकास निर्माणका कामले गतिलिएको बताइएको छ । चालु आर्थिक वर्षका योजना कार्यान्वयन तर्फ भने वडाले राम्रै प्रगति गरेको देखिएको छ । सडक ग्राभेल, कृषि टहरा निर्माण, विभिन्न भवन निर्माण लगायतका विकास निर्माणका कार्यक्रमको प्रगति ६० प्रतिशत सम्म रहेको वडाध्यक्ष हरिनारायण थारुको भनाई छ ।
वडाको विकास निर्माणका कामले राम्रो गति लिएकोले वडाबासीका केहि गुनासाहरु रहेपनि समग्रमा अवस्था सन्तोषजनक नै रहेको वडा सदस्य खगेश्वर भूषालले बताउनुभयो । वडामा चालु आर्थिक वर्षमा मिल टोल देखि कुटि टोल बेलभोरिया सडक ग्राभेल कार्य ५ लाख रुपैयाँ, कुचेहरा देखि तालजाने बाटो ग्राभेल ३ लाख रुपैयाँ, तानसिने पथ सुन्दरनगर बाटो ३ लाख, बेलभोरिया कृषि टहरो निर्माण ५ लाख रुपैयाँ, मन्दिर डाँडा देखि सानो उकाली जाने बाटो २० रुपैया ँलगायतका बजेट कार्यान्वयनमा रहेको वडा कार्यालयले जनाएको छ ।
प्रतिक्रिया