अर्थ-वाणिज्य

पश्चिम नेपालमा खरेल सर्ब सहमत



बुटवल ५ चैत्र  । यातायात क्षेत्रको सबैभन्दा ठुलो यातायात प्रालिको रुपमा रहेको पश्चिम नेपाल बस ब्यवसायी प्रालिको अध्यक्षमा दधिराम खरेल सर्बसम्मत निर्वाचित भएका छन ।प्रालिका सञ्चालकहरुको बैठकले खरेललाई अध्यक्षमा सर्बसम्मत निर्वाचित गर्नुका साथै प्रालिको प्रवन्ध सन्चालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन पिएसलाई सर्व सम्मत निर्वाचित गरेको हो ।

प्रालिको नियमावली अनुसार गत फागुन २९ गते ११ जना सञ्चालकहरुको निर्वाचन भएको थियो । सञ्चालकहरुको बैठकले पदाधिकारीहरुको चयन गर्नुका साथै निर्वाचनमा सहयोग गर्ने सम्पुर्ण यातायात ब्यवसायी निर्वाचन समिती प्रालिका कर्मचारी, सुरक्षाकर्मी सञ्चारकर्मी सबैलाई धन्यवाद तथा आभार ब्यक्त गर्ने निर्णय गरेको नव निर्वाचित कोषाध्यक्ष मोहन पिएसले जानकारी दिए ।

बैठकले पछिल्लो एक बर्ष यता देखिएको समस्या समाधान र निरन्तर रुपमा ईन्धनको मुल्य बढदा समेत सरकारले ब्यवसायीहरु संग यस अघि बैज्ञानीक भाडादर कायम गर्ने गरी गरेको सम्झौता कार्यान्वयनका लागि पहल गर्ने निर्णय समेत गरेको कोषाध्यक्ष पिएसले बताए 

प्रकाशित : ५ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६