बुटवल ६ चैत्र। रुपन्देहीको कञ्चन गाउँपालिका-५ का एक युवा अवैध साल काठसहित पक्राउ परेका छन् । स्थानीय तेजबहादुर ठकुरी ३९.८९ क्युफिट सालको काठसहित गत माघ ३ गते पक्राउ परेको वडा अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए । कञ्चन सब डिभिजन वन कार्यलय, कञ्चन-५ फायरलाइन र राजापानी सामुदमयिक वन उपभोक्ता समूह, सैनामैना-११ को सुरक्षा गस्ती टोलीले काठ ओसारपसार गर्न प्रयोग गरिएको दुईवटा मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो ।राजापानी सामुदमयिक बन उपभोक्ता समूहको बन क्षेत्रमा गस्ती गर्ने क्रममा ठकुरीलाई नियन्त्रणमा लिई ५ थान सालका गोलिया बरामद गरिएको कञ्चन सब डिभिजन वन कार्यालय फायरलाइनका कार्यलय प्रमुख धनिश्वर न्यौपानेले जानकारी दिए ।
चैत्र ३ गते वनको सुरक्षा गस्ती गर्ने क्रममा राती ११ बजेको समयमा अवैधरुपमा लुकिछिपी तस्कर गर्न लागिरहेको अवस्थामा उनिसंग रहेको लु ३० प ६४४४ र लु २६ प ७१९० नम्वरको २ थान होण्डा शाइन मोटरसाइकल, २ थान बञ्चरो र २ थान आरा सहित कञ्चन ५ पिपरीचापा डाँडालाइन बस्ने ठकुरी पक्राउ परेका हुन ।बरामद गरिएका सालका गोलिया, मोटरसाइकल र हतियार कञ्चन सब डिभिजन वन कार्यालयमा राखिएको छ । यसैगरी सोही दिननै ठकुरीलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय भैरहवा पठाइएको छ ।
प्रतिक्रिया