अर्घाखाँची ८ चैत ।लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वाड नम्वर १ बृति चिफ्लेको सुक्मि पचासे सिचाई योजनाको एक समारोहबीच सिलन्यास गर्नुभएको हो । २६ हेक्टर जग्गामा सिंचाइ पुग्ने योजना सम्पन्न गर्नका लागि प्रदेश सरकारबाट १ करोड ८३ लाख २६ हजार रकम विनियोजन गरिएको जनाईएको छ ।
सिचाई योजना असार मसान्तसम्म सम्पन्न गरि सम्झौता भएको छ । कार्यक्रममा बोल्दै घिमिरेले बृतिमै सञ्चालनमा रहेको स्मार्ट कृषिलाई टेवा पुयाउने उदेश्यले सिचाई योजना ल्याईएको बताउदै सन्धिखर्कलाई तरकारी समेत आत्म निर्भर बनाउने गरि अगाडि बढिएको बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष प्रेम भुसालले सिचाई योजनाले आफुहरूलाई ठुलो टेवा दिने बताउनुभयो ।
यस्तै अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका औद्योगिक ग्रामीण पूर्वाधार विकासका लागि स्वीकृत भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबार काठमाडौंले सन्धिखर्क नगरपालिका औद्योगिक ग्रामीण पूर्वाधार विकासका लागि स्वीकृत गरेको हो । योसँगै सन्धिखर्क नगरपालिकाले पूर्वाधार बाहेक अध्ययन अनुसन्धान र प्रशासनिक विविध खर्च गर्न नपाउने गरी ९२ लाख पाउने भएको छ ।
प्रतिक्रिया