कपिलवस्तु १२ चैत । नेपाल कला र संस्कृतिले भरिएको देश हो । जहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । तीमध्ये होली पर्व पनि एक हो । जसले नेपाली सस्कृतिलाई झल्काउने गर्दछ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो ।
होली पर्व नजिकिदै गर्दा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा होली पर्वमा शान्ति सुरक्षा विषयक जनप्रतिनिधि सँग अन्तरक्रिया कार्यक्रम आज तौलिहवामा गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले शान्ति , सुरक्षा कायम राख्नु प्रहरी प्रशासनको दायित्व भएको बताउनु भयो । शान्ति , सुरक्षा अपराध नियन्त्रण , सार्वजनिक सेवा प्रवाह र सुशासन राम्रो बनाइने प्रष्ट्याउनु भयो ।
होली पर्वलाई सभ्य र मर्यादित बनाइने समेत उहाँले जानकारी गराउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले होली पर्वमा जिल्ला भरिनै शान्ति र मर्यादित तवरले मनाउन जिल्लाका १० वटै पालिकाका जनप्रतिनिधिलाई राखेर कार्यक्रम गरिएको बताउनु भयो । होली पर्वमा मोटरसाइकलमा हेलमेट नलगाउने ३ जना यात्रु चढाउने र लाइसेन्स बिना सबारी मनपरि हाक्नेलाई कानुन अनुसार कारवाहि गर्ने उपरिक्षक अधिकारीले बताउनु भयो ।
उहाँले अगाडि भन्नु भयो , ‘‘होली मनाउने निहुमा सामाजिक सद्भावलाई खलल पर्ने खालका गतिविधि गर्न पाइने छैन” । इच्छा बिपरितका हरेक कार्यहरु कानुन बिपरित मानिन्छन , तसर्थ यस बारेमा अभिभावकले आफ्ना छोरा छोरीलाई सम्झाउनु पर्छ , उहाँको भनाई थियो । होली पर्वमा कसैले जवरजस्ती गरेमा मान्छै पहिचान गरि नजिकैको प्रहरीमा जानकारी गराउन उहाँले सबैमा अनुरोध गर्नु भयो । सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गरि होली मनाउनु पर्ने उहाँको धारणा थियो । त्यस्तै कार्यक्रममा बोल्दै शशस्त्र प्रहरी उपरिक्षक ध्रु्रव कुमार काकीले अब सिमानामा कढाई गरिने बताउनु भयो । होलीपर्वमा शान्ति सुरक्षा मजवुद पार्न पनि सिमानामा कढाई गरिने उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डेले होली पर्वलाई सभ्य तवरले मनाउनु पर्ने बताउनु भयो ।
होली पर्वमा मनपरि लोला छ्र्याप्ने , बिकृति ल्याउने जस्ता गतिविधिलाई प्रहरीले रोक्नु पर्ने उहाँले बताउनु भयो । कार्यक्रमा जनप्रतिनिधिहरुले होली पर्व अगाबै प्रहरीले जनप्रतिनिधि सँग शान्ति सुरक्षाका सबालमा राखेको कार्यक्रम सह्रानिय भएको बताएका थिए । उनीहरुले समुदाय स्तरमा शान्ति सुरक्षा मजवुद पार्न चोरी तस्करी रोक्न प्रहरीलाई सहयोग गर्ने बताएका थिए । प्रहरी निरिक्षक जगन्नाथ मरासिनीको सञ्चालनमा कार्यक्रम भएको हो ।
प्रतिक्रिया