अर्थ-वाणिज्य

प्रदेश सांसदलाई २४ घण्टाको म्याद, सांसदहरु पद गुमाउन तयार



बुटवल १३ चैत  ।नेकपा माओवादी केन्द्रले आफ्ना २ जना प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । केन्द्रले लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यहरु दधिराम न्यौपाने र दिनेश पन्थीलाई दल त्यागेको सुचना आएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो । दलका सचेतक तुलाराम घर्तीले प्रेस नोट जारी गरि प्रदेशसभा सदस्यहरु न्योपाने र पन्थीले माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका प्रदेशसभा सदस्यहरु न्यौपाने र पन्थीले दल त्याग गरि अर्को दलमा प्रवेश गरेको भन्ने जानकारी आएकाले २४ घण्टे स्पष्टीकरण पत्र पठाईएको उल्लेख गरेका छन् । 

न्यौपाने र पन्थी संसद बिघटन पछि नेकपा ओली समुहमा लागेका थिए भने । सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनस्थापित गरेपछि नेकपा एमालेमै रहने घोषणा गरेका थिए । न्यौपाने रुपन्देहीको निर्वाचन क्षेत्र १ क र पन्थी गुल्मीको २ क बाट निर्वाचित भएका थिए ।तर दुबै सांसदहरुले यस अघि नै पद त्याग्न तयार रहेको तर एमाले नछाड्ने दावि गरेका छन् । 

प्रकाशित : १३ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६