अर्थ-वाणिज्य

बिजयनगरका अधिकांस किशोरीको चाहाना शिक्षक बन्ने



कपिलवस्तु १५ चैत । कपिलवस्तुको विजयनगर गाउँपालिकामा १ जवाबैराठमा  किशोरीहरुको आकांक्षा विषयकअन्तरक्रिया भएको छ । लाली गुराँस किशोरी अभियानता समूहको आयोजनामा र दलित सामाजिक विकास केन्द्र तथा केयर नेपालको सहयोगमा किशोरीहरुको आकांक्षाको बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको दलित सामाजिक विकास केन्द्रका सामाजिक परिचालक गोविन्द यादवले जानकारी दिनुभएको छ । 

किशोरीहरुले भविष्यमा देखेका सपना, उनीहरुको आकांक्षाहरुको विना बन्देज पुरा गर्ने, गतिशिल बनाउने विषयमा  जानकारी गराइको थियो । किशोरीहरुको सपना साकार पार्न अभिभावकहरुको भुमिका के के हुन सक्छन् ? त्यस विषयमा किशोरीहरुका अभिभावक, शिक्षक र किशोरीहरु विच बृहत छलफल गरिएको उहाँले बताउनुभएको छ । किशोरीहरुले शिक्षक, डाक्टर, नर्स, इन्जिनियर, गायक, डान्सर बन्ने जस्ता आकांक्षाहरु आफ्ना अभिभावक समक्ष  राखेका थिए । तर धेरैजसोमा शिक्षक बन्ने आकांक्षा प्रकट भएको थियो । 

कार्यक्रममा किशोरी तथा बालबालिकाहरुलाई समाजमा हेर्ने नकारात्मक दृष्टिकोणलाई हटाई शिक्षा क्षेत्रमा  जोड दिन सक्ने विषयवस्तुमाथि जोड दिएको थियो । उनीहरु माथि हुने गरेको विभिन्न हत्या, हिंसा, बलात्कार, भेदभावलाई अन्त्य गरिने लगायतको कुरालाई प्रकाश गरिएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले उनीहरुमाथि रितिरीवाज, परम्परा, धर्म, संस्कार, अन्धविश्वास जस्ता नकारात्मक रुढीवादी परम्परा, धार्मिक मुल्य मान्यताले किशोरीहरुको भविष्यमा धेरै बाधा, अड्चन पुराएकोले बालबालिका तथा किशोरीहरुलाई शिक्षित बनाए मात्र समाजमा परिवर्तन गर्न सकिने र शिक्षित समाजको कल्पना गर्न सकिने बताएका छन् ।

लैङ्गिक समानता र महिला हिंसालाई निराकरण गर्नको लागि सबैले एक भएर लाग्ने कुरामा जोड दिएका थिए । कार्यक्रम किशोरी अभियान्ता समुहकी अनिसा थारुको अध्यक्षता, कामना आधारभूत विद्यालयकी शिक्षिका पूजा परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दलित सामाजिक विकास केन्द्रका सामाजिक परिचालक लौनी चौधरी, शिक्षक, विद्यार्थी, आमा अभिभावक, किशोरी लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित : १५ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६