अर्थ-वाणिज्य

देशैभर आइशोलेशन कक्ष सुचारु गर्न मन्त्रालयको निर्देशन



काठमाडौ १६ चैत ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन कक्ष स्थापना गर्न निर्देशन दिएको छ । भारतीय सीमा नाकामा हेल्थ डेस्कमा परीक्षण गरेर कोरोना पोजेटिभ देखाएकाहरु पनि सार्वजनिक बसमा आवतजावत गरिरहेको भन्दै मन्त्रालयले सातै प्रदेशलाई आइसोलेसन स्थापना गर्न निर्देशन दिएको हो । 

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल कोभिड–१९ को संक्रमण छिमेकी मुलुकहरुमा बढिरहेको सन्दर्भमा सबै नाकास्थित हेल्थ डेस्कहरुमा परीक्षणको व्यवस्था गरिएको र कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएकाहरु सार्वजनिक बसहरुद्वारा नै यात्रा गरिरहेको भन्ने खबर आएकोमा सबै प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयहरुको समन्वयमा कोभिड–१९ को चिह्न र लक्षण भएकाहरुको अस्पतालहरुमा र लक्षण नभएकाहरुको आइसोलेसन सेन्टरको व्यवस्था गरी १० दिन अनिवार्य आइसोलेसन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’

यस्तै मन्त्रालयले आइलोसनको खर्च प्रतिविरामी दुई हजार समेत उपलब्ध गराउने जनाएको छ ।  यसैबिच नेपालमा सोमबार थप १४१ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको तीन हजार १ सय २२ पिसिआर परिक्षणका क्रममा थप १४१ जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म तीन हजार २७ संक्रमित निको भएका छन् ।

प्रकाशित : १६ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६