ब्रेकिंग न्युज

दसैँ–तिहारमा सुरक्षा कडाइ गर्दै कपिलवस्तु प्रशासन राति १० बजेपछि धार्मिक–सांस्कृतिक कार्यक्रममा रोक



डिलाराम भुसाल

कपिलवस्तु, २७ असोज
दसैँ, तिहार तथा छठजस्ता प्रमुख चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन जिल््ला प्रशासन कार्यालय कपिलवस्तुले सुरक्षा सतर्कता उच्च बनाएको छ । चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा जोखिम, धार्मिक तथा सामाजिक विवाद र अप्रिय घटनाहरू न्यूनीकरण गर्ने उद्देश्यले प्रशासनले राति १० बजेपछि धार्मिक, सांस्कृतिक तथा देउसीभैलो जस्ता कार्यक्रमहरू गर्न रोक लगाएको छ।
शान्ति(सुरक्षा कायम राख्न, धार्मिक सहिष्णुता प्रवर्धन गर्न र चाडपर्वलाई व्यवस्थित बनाउन जिल््ला प्रशासन कार्यालयमा आयोजित सर्वपक्षीय समन्वय तथा सद्भाव बैठकमा मदरसा तथा विद्यालय आसपास मदिरा बिक्रीवितरण तथा सेवनमा कडाइका साथ रोक लगाउने निर्णयसमेत गरिएको छ ।
चाडपर्वलाई अनुशासित र मर्यादित बनाउन सुरक्षा निकाय प्रमुखहरूकोजोड
तोयनारायण सुवेदी प्रमुख जिल््ला अधिकारी


चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन समाजका सबै पक्ष उत्तिकै जिम्मेवार बन्नुपर्छ । कुनै पनि सम्भावित विवादलाई समयमै समाधान गर्न स्थानीय तह, सुरक्षा निकाय, धार्मिक अगुवा र सरोकारवालाहरूबीच निरन्तर र प्रभावकारी समन्वय आवश्यक रहेको सुवेदीले बताउनु भएको छ ।
मनोहरप्रसाद भट्ट प्रहरी उपरीक्षक, जिलल्ला प्रहरी कार्यालय कपिलवस्तु
ूधार्मिर्क याली, मूर्ति विसर्जन तथा सर्वसाधारणको बढी भीडभाड हुने संवेदनशील स्थानहरूमा विशेष सुरक्षा सतर्कता अपनाइनेछौ कुनै पनि शंकास्पद गतिविधि वा सम्भावित विवादबारे समयमै सुरक्षा निकायलाई सूचना दिएर सहयोग गर्न आग्रह गर्दछौँ।
गोपाल अधिकारी प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बल

चाडपर्वलाई लक्षित गर्दै सीमाक्षेत्रमा निगरानी र गस्ती तीव्र बनाइएको छ। सम्भावित अवाञ्छित घटनाहरू रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा एकीकृत सुरक्षा व्यवस्था मिलाएको छ ।
सामाजिक सद्भाव र अफवाह नियन्त्रणमा साझा प्रतिबद्धता
बैठकमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना तथा अफवाह नियन्त्रण गर्ने र कसैको पनि धार्मिक आस्थामा आँच पुग्ने गतिविधि हुन नदिने विषयमा जोड दिइएको छ ।
बैठकमा जिल्ला समन्य कपिलबस्तुका उप प्रमुख राजेश कुर्मी , महाराजगन्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम, बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याल, बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठ, शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरी, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा र शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी लगाएतका जनप्रतिनिधि सहभागी रहेको थियो साथै जिल्ला स्थित राजनैतिक दल विभिन्न संघ संस्था लगायत जनप्रतिनिधि हरुको सहभागी रहेको थियो ।
बैठकमा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले चाडपर्वका बेला ध्वनि प्रदूषण नियन्त्रण गर्ने, सामाजिक सद्भाव कायम राख्ने र जुनसुकै विवादलाई पनि आपसी संवादमार्फत समाधान गर्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
बैठकमा प्रमुख जिल््ला अधिकारी तोयनारायण सुवेदी को अध्यक्षता तथा सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले गुर्नभएको थियो ।

प्रकाशित : २७ आश्विन २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६