पर्यटन

विद्यालय ब्यवस्थापनमा प्रविधी प्रयोग गर्नेमा शुद्धोधन अगाडी



कपिलवस्तु १८चैत ।कपिलवस्तु जिल्लाको शुद्धोधन गाँउपालीकाले विद्यालयहरुलाइ थप प्रवीधी मैत्री बनाउन पालिकाका ५ वटा माध्यमीक विद्यालयहरुमा विद्यालय व्यवस्थापन सफ्टवेयर जडान तथा उक्त सफ्टवेयर सञ्चालन सम्बन्धी तालीम सम्पन्न गरेको छ । धेरै गाँउपालीका तथा नगरपालीकाले सुचना प्रवीधी शिर्षकमा धेरै खर्च गरे पनी विद्यालयका कामकाज हरु भने अझै पनी परम्परागत रुपमा गरिदै आएको छ । विद्यार्थीहरुको डाटा व्यवस्थापन, डाटा स्टोरेज जस्ता अती महत्वपुर्ण कार्य हरु समेत कम्प्युटर माध्यम बाट गर्न गराउन नसकी रहेका अवस्थामा सुद्धोधन गाँउपालीकाले यसको प्रयास गरेको छ । 

विद्यालयमा सुचना प्रवीधी शिर्षकमा लाखौ रुपैया खर्च गरिने तर अझै पनी विद्यार्थी हरुको लब्धाङ्ग पत्र, स्थानतरण पत्र , चारीतीत्रीक प्रमाण पत्र लगायत भने हातैले लेखेर दिने गरीन्छ । विद्यालयको लेखा व्यवस्थापन , परिक्षा व्यवस्थापन, ग्रेड सिट , मार्क सिट तयार पार्ने  जस्ता कार्यहरु विद्यालयमा कम्प्युटर लगायतका भौतीक सामाग्री हुदा पनी सफ्टवेयरको अवाभमा म्यानुअलीनै गर्ने गरिन्थ्यो । दक्ष कन्सट्रक्सन एण्ड सप्लायर्स प्रा.ली भैरहवा सँगको सहकार्य तयार पारिएको यस सफ्टवेयरको माध्यमबाट विद्यालयले सजिलै विद्याथी, शिक्षक , कर्मचारीको डेटा व्यवस्थापन , डेटा प्रशोधन र आवश्यक रिपोर्ट तयार पार्न सक्ने छन् ।

विद्यालयको सम्पुर्ण आय व्वय लगायत सम्प्पुर्ण लेखा व्यवस्थापन कम्प्युटर मार्फत गर्न सकिन्छ जसले लेखा अझै पारदर्शी र त्रुटी रहीत हुनेछ  । विद्यालयमा नियमीत सञ्चालन गर्नु पर्ने परिक्षा सञ्चालन देखी नतीजा प्रकाशन सम्मका सबै कार्य कम्युटर माध्यम बाट गर्न सकिनेछ । सफ्टवेयरलाइ अनलाइन माध्यममा लगी गाँउपालीका बाटै सम्बन्धीत विद्यालयको सम्पुर्ण डाटा, इ हाजीरी , सिसीटीभी क्यामरा लगायत विद्यालयका सम्पुर्ण गतिबीधी प्रतक्ष रुपमा मोनीटरीङ्ग गर्न सकिने व्यवस्था समेत रहेको सफ्टवेयर विकाशकर्ता भानु मरासिनीले बताउनु भयो । 

प्रकाशित : १८ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६