प्रदेश

सरकारले ११ जिल्लाका स्थानीयलाई हात्तीपाइले विरूद्ध औषधि खुवाउने



काठमाण्डौँ १९ चैत्र । हात्तीपाइले रोगविरूद्ध सरकारले ११ जिल्लाका स्थानीय बासिन्दालाई औषधि खुवाउने भएको छ।मानिसलाई अशक्त र अपांग बनाउने एक सरूवा रोगमध्ये हात्तीपाइले पनि पर्छ। चैत २० गतेदेखि हात्तीपाइले रोगविरूद्ध औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।यस वर्ष झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा हात्तीपाइलेविरूद्ध औषधि खुवाउन लागिएको हो।घर नजिकैको बुथमा गएर स्वास्थ्यकर्मीहरूबाट हात्तीपाइलेको औषधि लिनुपर्छ। दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिन सम्मका सुत्केरी तथा ओछ्यान परेका सिकिस्त बिरामीहरूले हात्तीपाइलेविरूद्ध औषधि खान नहुने महाशाखाको भनाइ छ

प्रकाशित : १९ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६