अर्थ-वाणिज्य

भैरहवामा ४५ करोड बढी लागतमा तयार लुम्बिनी पार्क नया बर्ष देखी सञ्चालनमा आउँने



भैरहवा २४ चैत्र । भैरहवामा ४५ करोड बढी लागतमा तयार भएको लुम्बिनी अम्युजमेन्ट पार्क एण्ड रिसोर्ट सेन्टर नया बर्ष देखी सञ्चालनमा आउँदै छ । यस क्षेत्रमै ठूलो लगानीको रुपमा रहेको वाटर पार्क सञ्चालनमा आउने भए पछि यसले आन्तरिक पर्यटकको साथै भारतका पर्यटकहरुलाई पनि आकर्षित गर्ने लक्ष्य राखिएको छ । पार्क यस अघि नै सञ्चालनमा ल्याउने तयारी रहे पनि कोभिडको कारण सञ्चालन लम्बिएको हो ।बैशाख १५ गते उदघाटन भए पछि पार्क सबैको लागी खुल्ला गरिने छ ।

साढे ६ बिघा क्षेत्रफलमा रहेको पार्कमा वाटरपार्क, बैंकेट हल, रेष्टुरेण्ट, कन्फ्रेन्स हल, तथा रिसोर्ट लगायत अन्य मनोरञ्जन प्रदान गरिने लुम्बिनी अम्युजमेन्ट पार्क एण्ड रिसोर्ट सेन्टरका सञ्चालक कमल निरज बरालले जानकारी दिए । वाटरपार्क अन्र्तगत ९ वटा स्लाईड रहेका छन् भने यस क्षेत्रमै ठूलो ४० फिटको अग्लो टावरबाट स्लाईड एवम अवलोकन गर्न पाईने ब्यवस्था मिलाईएको बरालले बताए । यस्तै प्राकृतिक समुद्रि छालकै जस्तै अनुभव लिने गरि वेभ पुल, रेन डान्स, क्रेजी रिभर लगायतको सुविधा रहेको छ । यहा वयस्क र बालबालिकाको लागी अलग अलग स्लाईडको ब्यवस्था गरिएको सञ्चालक बरालले बताए ।

आन्तरिक तथा बाह्य पर्यटकको नेपाल बसाई अवधि बढाउने लक्ष्य सहित सञ्चालनमा आउन लागेको पार्कमा नेपालको संस्कृति झल्किने बिभिन्न हस्तकला, पेन्टिङ आदि खरिद गर्न मिल्ने सविनियर सप, फुड कोर्ट, प्रतिक्षालय, लकर लगायतको सुविधा प्रदान गरिदै छ । नेपाल भारतको सीमा बेलहिया नजिकै रहेको पार्कमा १० हजार वर्ग फिटको बहुउद्देश्यीय हल, ३ तलाको रेष्टुरेन्ट, र १५ हजार वर्ग फिटको खुला पार्किङको सुविधा रहेको छ । यस्तै बसाईको लागी २ महिनामा रिसोर्ट निर्माण सुरु गर्ने सञ्चालकले जानकारी दिए । अहिलेलाई जग्गा समेत गरि ४५ करोड लगानी भए पनि भविष्यमा यसलाई बढाए १ सय करोड पु¥याईने लक्ष्य रहेको सञ्चालक बरालले जानकारी दिए । बरालले कोभिडलाई ध्यानमा राख्दै पार्कमा सेनेटाईजर टनेल, आपतकालीन एम्बुलेन्स सेवा, स्वास्थ्य कक्षको साथै सबै स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाईएको दावी गरे ।

भैरहवामा ४५ करोडको लगानीमा वाटर पार्क र रिसोर्ट सञ्चालनमा आए पछि यहाँका निजि क्षेत्र एवम पर्यटन ब्यवसायीहरु पनि उत्साहित भएका छन् । भैरहवामै ठूला ठूला लगानीका योजनाहरु आउनुले यसले भैरहवा लगानीको लागी उपयुक्त रहेको सन्देश दिएको उद्योगी व्यवसायीको भनाई छ । उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले यसको सञ्चालनको वातावरण मिलाईदिने दायित्व निजि क्षेत्र र सरकारको रहेको बताए ।

उनले यस क्षेत्रमा पर्यटकहरुले घुम्ने ठाउ नभएको गुनासो गरि रहेको अवस्थामा यसले उनीहरुको गुनासो मेट्ने आधार तय भएको बताए । उनले निजि क्षेत्रले पनि यस क्षेत्रको विकास र समृद्धि चाहेको र भारतीय पर्यटक र बिदेशी पर्यटकलाई रमाउने थलोको रुपमा परिचित गराउन खोजेको पहलमा पार्कले सहयोग गर्ने बताए । कोभिडको संक्रमणमा मुलुक रहे पनि बिस्तारै यो सहज हुने र राज्यले पनि पर्यटकलाई यहा सम्म आउने वातावरण बनाई दिनु पर्नेमा उनले जोड दिए ।

यस्तै नाट्टाका प्रदेश अध्यक्ष बिष्णु प्रसाद शर्माले पनि उनले कोभिड अन्त्य भए पछि पार्कको माध्यमबाट भारतीय पर्यटकबाट ठूलो आय आर्जन गर्न सक्ने सम्भावना रहेको बताए । उनले पनि पार्क सञ्चालनले पर्यटन ब्यवसायीहरुमा उत्साह थपेको बताए । उनले प्याकेजको रुपमा समावेश गरि पर्यटकलाई भुलाउने थलोको रुपमा विकसित गरिने बताए । पार्कलाई निरज बराल, कमल भुसाल, पुष्पराज पौडेल, लोकनाथ भण्डारी, नारायण आचार्यको लगानी रहेको छ ।

प्रकाशित : २४ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६