अर्थ-वाणिज्य

तौलिहवा : आईसियू सेवा शुभारम्भ ,सेवाग्राहीमा भरोसा बृद्धि



कपिलवस्तु २५ चैत ।कपिलवस्तु जिल्ला अस्पतल तौलिहवाले सघन उपचार कक्ष (आइ सि यु) र मोलिक्युलर ल्याब सेवासुरु गरेपछि सेवाग्राहीमा ठूलो भरोसा थपिएको छ । सो सेवाको एक कार्यक्रम बीच सांसद बृजेश कुमार गुप्ताले उद्घाटन गर्नुभएको हो । सांसद गुप्ताले अब विरामीलाई बुटवल धाउनुपर्ने बाध्यता केहि हदसम्म अन्त्य हुदै जाने तर्क गर्नु भयो ।

पछिल्लो समय सेवा सुविधा र ब्यवस्थापनमा सुधार हुँदै आएको अस्पतालमा अहिलेसम्म दन्त रोग, आँखा उपचार केन्द्र, फिजियोथेरापी सेवा, कन्सल्टेन्ट सहितको सुविधा प्रदान भइरहेको छ । अहिले आइसियु र मोलिक्युलर ल्याब सेवाको सुरुवातपछि भरपर्दो आइसियूको लागि अब बाहिर धाउन नपर्ने मेडिकल सुपरिडेण्टेन्ट डा किशोर बञ्जाडेले बताउनु भयो । यो सेवापछि धेरैलाई जटिल उपचारमा सहयोग हुने अस्पतालले अपेक्षा लिएको छ ।तौलिहवा अस्पतालले २ वर्ष यता क्रान्तिकारी फ्ड्को हान्न सफल भएको दावि गरिएको छ । 

प्रकाशित : २५ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६