अर्थ-वाणिज्य

धुर्मुस सुन्तली फाउन्डेसनलाई पहिलो पाहिला नेपालको सहयोग



 बुटवल । निर्माणाधीन गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धुर्मुस सुन्तली फाउन्डेसनद्धारा संचालित महाकाली मेची अभियानलाई पहिलो पाहिला नेपालले बुटवलमा स्वागत तथा सहयोग गरेको छ । धुर्मुस पाडें लगायत राष्ट्रिय कलाकारको  महाकाली मेची अभियानमा, पहिलो पाइला नेपाल बुटवल शाखा र तिलोत्तमा शाखाको संयुक्त आयोजनामा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण को लागि सहयोग हस्तान्तरण कार्यक्रम  सम्पन्न भएको छ। रु १०० अभियान बाट संकलन गर्न सुरु गरिएको उक्त रकम बुटवल शाखा अध्यक्ष पारस मरासिनी र तिलोतमा शाखा अध्यक्ष सन्तोष खरेलले धुर्मुस सुन्तली फाउन्डेसन का अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाइ हस्तान्तरण गर्नु भएको छ।अभियानमा पहिलो पाइला सदैव सहकार्य गर्न तयार बुटवल शाखा अध्यक्ष पारस मरासिनी ले बताउनु भएको छ।

साथै उहाँले सो अभियानको टोलीलाई बुटवल स्वागत गर्दै खुशि व्यक्त गर्नुभयो । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले पहिलो पाहिला नेपाल बुटवल र तिलोतमा साखालाइ धन्यवाद व्यक्त गर्दै अभियानमा जोडिन आग्रह गर्नुभएको छ । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस सहित उहाँको अभियानमा आवद्ध सदस्यको टोलिले पश्चिमको महाकालीबाट चैत १० गते महाकाली मेची अभियानको सुरु भएको थियो।

प्रकाशित : २५ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६