अर्थ-वाणिज्य

एकीकृत घुम्ती शिविर तथा पशु स्वास्थ्य जाँच बुद्धभुमिका विभिन्न वडामा सुरु



कपिलवस्तु २६चैत्र । सेवा प्रवाहका लागि एकदिने एकीकृत घुम्ती शिविर तथा पशु स्वास्थ्य जाँच भेडा\बाख्रामा आन्तरिक तथा वाह्र्य परजिवी नियन्त्रण , बाली उपचार तथा ज्यष्ठ नागरिक परिचय पत्र वितरण  कार्यक्रम सम्पन्न भएको छ  ।बुद्दभुमी नगरपालिकाको आयोजना, वर्डा न १ को सयोजनमा उक्त कार्यक्रम सन्चालन गरिएको हो । वर्डा न १ का बेचन थारुले पहिलो जेष्ठ नागरिक परिचय पत्र लिनुभएको छ ।परिचय पत्र ग्रहण गर्दै वर्डा र नगरलाई धन्यवाद व्यक्त गर्नुभएको छ  । ८६ बर्षिय रेगम बहादुर कुवरले आफ्नै घर दैलोमा सेवा लिन पाउँदा खुसी लागेको बताउनु भएको छ ।

बुद्दभुमिका नगरपालिकाका १० वटै वर्डामा बाली उपचार ,आवश्यकता अनुसार स्वास्थ्य शिविर र जेष्ठ नागरिक परिचय पत्र वितरण लगायतका कार्यक्रमको आयोजना हुने प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले जानकारि दिनुभयो। चैत्र २९ र ३० गते भृकुटी मावी बुड्ढिमा बृहत् आँखा शिविर हुने भएको छ । बुद्दभुमी नगरपालिकाको आर्थिक सहयोगमा सन्चालन हुने उक्त शिविरमा औषधि, चस्मा र मोतियाविन्दुको अप्रेसन लगायतका सेवा निशुल्क हुने बुद्दभुमी नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अप्रेसन गर्नुपर्ने विरामी र कुरुवाको खाना समेत निशुल्क रहेको उहाले जानकारी दिनुभएको छ । कार्यक्रममा बोल्दै श्रेष्ठले वर्डा र नगर सङ नजिक भएर कार्यक्रम बारे सुचना लिन आग्रह गर्नुभएको छ ।प्रत्यक किसान कार्यालयम  उपस्थित हुन असहज हुने र नगरपालिका सबै किसानको घरमा जान असमर्थ रहेका कारण सहजताका लागि शिविरको आयोजना गरेको बुद्दभुमी नगरपालिका वर्डा न १ का अध्यक्ष तेजकुमार बस्नेतले बताउनुभएको छ ।


प्रकाशित : २६ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६