लुम्बिनी

पत्रकार महासंघ गुल्मीमा लोकतान्त्रिक प्यानलका अर्याल बिजयी



 बुटवल ६ चैत्र। पत्रकार महासंघ गुल्मीमा लोकतान्त्रिक प्यानलका टोपलाल अर्याल बिजयी भएका छ्न । खसेका कुल ५८ मत मध्ये अर्याल ३० मत ल्याएर बिजयी भएका छ्न भने २७ मत प्राप्त गरि ओलि समुहका अनिल खत्री पराजय भएका हुन ।अर्याल सहित पुरै लोकतान्त्रिक प्यानल बिजयी भएको छ । खुल्ला उपाध्यक्षमा प्रेस युनियनका रेशम कुवर बिजयी भएका छ्न । ओलि समुहका कृष्ण ज्ञवालीले १९ मत प्राप्त गरेका छ्न । महिला उपाध्यक्षमा लोकतान्त्रिक प्यानलकी सीता भन्डारी ३५ मत ल्याएर बिजयि भएकी छ्न ।

ओलि समुहकि अम्बिका आचार्यले २३ मत ल्याएकी छ्न ।खुल्ला सचिवमा प्रेस सेन्टरका प्रेम सुनार १६ मतको अग्रताले बिजयी भएका छ्न । उनले ३७ मत प्राप्त गरेका छन भने ओलि समुहका ज्ञान बहादुर महतराले २१ मत ल्याएका छ्न ।सह सचिबमा प्रेस सेन्टरका तिलाचन पान्डे पनि भारी मतको अन्तरमा बिजयी भएका छ्न । उनले ४२ मत र अर्जुन भण्डारीले १७ मत ल्याएका छ्न ।

समावेशी सचिबमा प्रेस युनियनका तेजेन्द्र कुमार श्रेष्ठ ४२ मत ल्याएर बिजयी भएका छ्न । लोकप्रसाद छन्त्यालले १८ मत ल्याएका छ्न । कोषाध्यक्षमा लोकतान्त्रिकबाट प्रेस युनियनका कौरव खत्री ३४ मत ल्याएर बिजयी भएका छ्न र ओलि समुहका नारायण मरासिनीले १३ मत ल्याएका छ्न । खुल्ला सदस्यमा प्रेस सेन्टरका हुमकान्त पोख्रेल सबै भन्दा बढी मत ल्याएर बिजयी भएका छ्न । अन्य सदस्यहरु पनि अत्याधिक मत ल्याएर बिजयी भएका छ्न ।

प्रकाशित : २६ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६