प्रदेश

स्कुले बालबालिका कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा



काठमाण्डौ २७ चैत्र । स्कुले बालबालिका कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा परेका छन् ।कोरोनाको नयाँ भेरियन्ट बालबालिकामा देखिने क्रम बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसले विद्यालय क्षेत्र पनि कोरोनाको उच्च जोखिममा परेको छ ।काठमाण्डौ, पोखरालगायतका ठूला सहरका विद्यालयमा सङ्क्रमणको जोखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभयो । यसअघि सरकारले ज्येष्ठ नागरिक र दीर्घरोघीलाई उच्च जोखिमयुक्त वर्गमा राखेको थियो । तर, पछिल्लो समय भने बालबालिका पनि उच्च जोखिममा परेका उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका अनुसार हिजो एकैदिन १८ वर्षमुनिका ५१ जना बालबालिका सङ्क्रमित भएका छन् । १८ वर्षमुनिका व्यक्तिमा सङ्क्रमणदर उल्लेख्य वृद्धि हुँदै गएको छ ।मन्त्रालयको पछिल्लो तथ्याङ्कले १८ वर्षमुनिका व्यक्तिमा सङ्क्रमणदर बढेर १६ प्रतिशत पुगेको देखाएको छ । १८  वर्षभन्दा मुनिका व्यक्तिलाई कोरोनाको नयाँ भेरियन्ट देखिने क्रम बढेकाले शैक्षिक संस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

भारतमा पनि बालबालिका र युवामा कोरोनाको नयाँ भेरियन्टको जोखिम उच्च छ ।भारतसँग खुला सिमानाका रहेकाले नेपालमा सङ्क्रमणको जोखिम धेरै छ । नेपाल, बेलायतमा देखिएको कोरोनाको भेरियन्टसँग मिल्दोजुल्दो भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि बढिरहेको छ । स्वास्थ्य विज्ञले घरबाट बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न र बेलाबेलामा साबुनपानीले हात धुन तथा भीडभाडमा नजान आग्रह गर्दै आएका छन् ।

प्रकाशित : २७ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६