प्रदेश

नेपालमा वायु प्रदूषण कम हुँदै ,हानिकारक अवस्थाबाट अस्वस्थ अवस्थामा झर्यो



काठमाण्डौ २७ चैत्र । नेपालमा वायु प्रदूषण कम हुँदै गएको छ ।वायु प्रदूषण अहिले अति हानिकारक अवस्थाबाट अस्वस्थ अवस्थामा झरेको वातावरण विभागले जनाएको छ ।केही दिनअघि नेपालको वायु प्रदूषण मापन गर्ने एक्यूआई ४ सय ७० सम्म पुगेको थियो । अहिले सुधार भएर १५० भन्दा तल झरेको छ ।वायु प्रदूषण कम हुँदै गएको तर अस्वस्थ अवस्था अझै कायम भएकाले विशेष सावधानी अपनाउन जनस्वास्थ्यविद्हरुले आग्रह गरेका छन् ।

वायु प्रदूषणको मात्रा मापन गर्ने एक्यूआई ३ सयभन्दा धेरै भएमा अति हानिकारक मानिन्छ । दुई सयभन्दा धेरै एक्यूआई भएमा त्यसलाई अति अस्वस्थ अवस्था मानिन्छ । हिजो नेपालको एक्यूआई दुई सयभन्दा माथि मापन गरिएको थियो ।ठूलो पानी नपर्दासम्म अझै केही दिन प्रदूषण कायमै रहने सम्भावना छ । अहिले विश्वमा नेपालसहित चीनको सेङयाङ, पाकिस्तानको लाहोर, बङ्गलादेशको ढाका, भारतको दिल्लीलगायत ठाउँमा सबैभन्दा धेरै वायु प्रदूषण देखिएको छ ।

यसैबीच, काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा आज हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसमविद् निराजन सापकोटाका अनुसार नेपालमा अहिले न्यूनचापीय मौसमी प्रणालीको विकास भएको छ ।यो मौसमी प्रणाली प्रदेश-१ हुँदै नेपाल प्रवेश गरेकाले एकरदुई दिन हल्का पानी पर्ने र आउँदो सोमवारपछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

बङ्गालको खाडीबाट आएको न्यूनचापीय मौसमी प्रणाली विकास भएकाले आज बेलुकीपछि उपत्यकासहित प्रदेश-१ र पहाडी ठाउँमा पानी पर्ने मौसमविद् सापकोटाले बताउनुभयो ।अहिले कर्णाली, सुदूरपश्चिम, गण्डकी र प्रदेश एकको मौसम आंशिक बद्ली भएको छ । यस्तै केही दिनदेखि तराई र पहाडि ठाउँहरुमा लागेको तुवाँलो अझै कायमै छ । 

प्रकाशित : २७ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६