अर्थ-वाणिज्य

भ्रष्टाचार न्यूनिकरणकालागि कपिलवस्तुमा नागरिक जुरी



कपिलवस्तु २८ चैत । भ्रष्टाचार न्यूनीकरणका लागि कपिलवस्तुमा ‘भ्रष्टाचार विरुद्धको नागरीक संस्था (नागरिक जुरी) गठन भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा एक कार्यक्रम विच सँस्था गठन गरेको छ । आयोगका कार्यालय प्रमुख रमेश ढकालले कपिलवस्तुमा भष्ट्राचार न्यून गर्नका लागि जन चेतनामुलक काम गर्ने गरी सँस्था स्थापना गरिएको बताउनु भयो । गठन भएकोे संस्था, संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता हुने बताइएको छ । 

प्रदेशका १२ जिल्ला मध्ये कपिलवस्तु भ्रष्टाचार भएको धेरै उजुरी पर्ने दोस्रो जिल्ला रहेको छ । चालु आ.व.मा प्रदेश भरी ९९६ उजुरी मध्ये ४३० फच्र्छौट भएको बताइएको छ । कपिलवस्तुमा मात्र चालु आ.व.मा १८० उजुरी परेकाृ थियो । ति मध्ये ६६ फच्र्छौट भएको छ । लुम्विनी प्रदेशका गुल्मी र रुपन्देहीमा सँस्था गठन भई कृयाशिल रहेको बताइएको छ । देश भरीका १५ जिल्लामा नागरिक जुरी गठन भएको ढकालले बताउनु भयो ।

नव गठित सँस्थाले भष्ट्राचार न्यूनीकरणका लागि जनचेतना मुलक काम गर्ने, सार्वजनिक बहस चलाउने, अध्ययन गर्ने, स्थानीय स्तरमा भष्ट्राचार हुन सक्ने क्षेत्रको पहिचान गरी अभियान संचालन गर्ने लगायतका कार्य गर्ने  प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले बताउनु भयो । सँस्थाको तर्दथ समितिको अध्यक्षमा शिवलाल यादव, सचिवमा खुमानन्द घिमिरे र कोषाध्यक्षमा पुष्पा रेग्मी चयन हुनु भएको छ । 

प्रकाशित : २८ चैत्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६