जीवनशैली

कोभिड १९ : विश्वभरका ९० प्रतिशत विद्यार्थी प्रभावित



कपिलवस्तु २८ चैत ।अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्धारा गठित बालअधिकार चेतना समुह भृकुटी मावि बुड्ढीको आयोजनामा कोभिड १९ले शिक्षण सिकाइमा पारेको प्रभाव विषयमा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु बिच बक्तृत्वकला  प्रतियोगिता शुक्रवार  गरिएको छ । प्रतियोगितामा सहभागी विद्यार्थीहरुले कोभिडका कारण विश्वभरका ९० प्रतिशत बालबालिका प्रभावित बनेको भन्दै कोभिडले सकारात्मक तथा नकारात्मक दुबै असर परेको बताएका थिए ।

उनीहरुले कोभिडका कारण नेट, इन्टरनेट, जुम, टेलिभिजन , रेडियो,अनलाईन लगाएतका माध्यमवाट शिक्षण सिकाई गर्न सकिने र अधिक्तम प्रविधिहरु सिक्ने अवसर प्राप्त हुनु सकारात्मक असर भएकोे भने नकरात्मक असरको रुपमा नियमित विद्यालय जान नसकिएको ,परीक्षा प्रर्णाली अवरुद्ध भएको शैक्षिक क्यालेण्डर अनुसार परीक्षा तथा गतिविधि हुन नसकेको बताएका थिए । 

कोभिडले संक्रमणले कतिपय बिद्यार्थीको ज्यान समेत गएको र लक डाउनका कारण घरमा बस्नु पर्ने बाध्यताले गर्दा प्रविधिको प्रयोग सगै फेसबुक म्यासेन्जरवाट कतिपय विद्यार्थीले दुरपयोग गरि नराम्रो काममा लाग्ने गरेका लगायतका असर रहेको बताएका थिए । पुन छिमेकी देश भारतमा संक्रमण बढ्दै गएकोले नेपालमा पनि त्यसको असर पर्ने भएकोले बैकल्पीक शिक्षाका लागी आजै देखि तयारी गर्नु आवस्यक रहेको भन्दै स्वास्थ्यका मापदण्ड अपनाउन पनि आग्रह गरेका थिए । १३ जना विद्यार्थी सहभागी प्रतियोगितामा अस्मिता खनाल प्रथम भएकी छन ।

यसै गरि अमृता भट्टराई द्धितिय,, रमा सुबेदी र्तितृय र दिब्य थारु र संन्ध्या श्रेष्ठले बरावरी नम्बर ल्याई शान्तना भएका छन ।कार्यक्रममा इन्सेक सहजकर्ता नन्दराम पौडेल र विद्यालयका प्रअ बेद प्रकास भुसालले प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्नु भएको थियो । इन्सेक सहजकर्ता पौडेलले विद्यार्थीहरुको क्षमता विकासका लागी गरिने अतिरिक्त कृयाकलापका लागी इन्सेकले बालअधिकार चेतना समुहलाई  आर्थिक रुपमा समेत सहयोग गरेको बताउनु भएको थियो । प्रतियोगिता विद्यालयका प्रअ बेद प्रकास भुसालको अध्यक्षता र बालअधिकार चेतना समुहका संरक्षक शिक्षक मोलिराज खनालको संचालनमा  भएको थियो । कार्यक्रममा शिक्षक विद्यार्थीहरुको सहभागी रहेको थियो । 

प्रकाशित : २८ चैत्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६