अर्थ-वाणिज्य

डायलासिस सेन्टर स्थापनामा बाणगंगा किन तयार भएन ?



कपिलवस्तु २८ चैत ।  गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलद्वारा संचालनमा आउने गरी कपिलवस्तुको बाणगंगामा किड्नी डायलासिस केन्द्र सन्चालन गर्ने  भन्दै ६ महिनाको बीचमा करिव ३ पटक विभिन्न स्थानमा अवलोकन भ्रमण भएका छन् । त्यसको नेतृत्व लुम्विनी प्रदेशका सांसद विष्णु पन्थीले गर्नु भएको छ । संचालनको सिलसिलामा बाणगंगा नगरपालिकाका जनप्रतिनिधीका साथमा गौतमबुद्ध मुटु अस्पताल रुपन्देहीका  अध्यक्ष एजाज आलम पनि छलफल  गर्न कपिलवस्तु आउनु भएको छ ।तर जति पटक आएपनि यो काम अघि बढ्न सकेको छैन । यो संचालनमा आउने नआउने अझै टुंगो छैन ।

कपिलवस्तु बाट ३ दर्जन बढी किड्नी रोग पिडितले गौतम बुद्ध अस्पतालमा उपचार गराउदै आउनु भएको छ । त्यसमा सबैभन्दा बढी १८ जना बाणगंगा नगरपालिकाका हुनुहुन्छ । बाणगंगामा  सेवा संचालमा आउदा अर्घाखाँची , पश्चिम् रुपन्देही र पश्चिम् पाल्पा पश्चिम् उत्तरी गुल्मी लाई समेत सुबिधा हुने सांसद पन्थीको भनाई छ । उहाले यो पुनित मानवीय काममा सबैले सहयोग गर्नु पर्ने वताउनु हुन्छ ।

यता बाणगंगा नगरले  प्रारम्भीक खर्च १५/२० लाख  उपलब्ध गराउन सकिने तर संचालनका लागि अन्य ब्यवस्थापन स्वम मुटु अस्पतालले नै मिलाउनु पर्ने वताएको छ ।उपमेयर चक्रपाणी अर्यालले संचालन खर्च कसले ब्यहोर्ने स्पष्ट नभएकाले नगरले ठोस कदम चाल्न नसकेको औल्याउनु भयो । उहाले भन्नु भयो जेसिसले भवन दिन खोजेको छ तर उसकालागि तला थप्ने काम नगरले गर्नु पर्ने प्रस्तव आएको छ ।  नगरलाई ठूलो आर्थिक दायित्व बढ्ने विषय कार्यपालिकामा छलफल नगरी भएन त्यसैले ठोस कदम चाल्न सकिएन उहाले भन्नु भयो ।

यता सांसद पन्थी भने डायलासिस वापत सरकारले नै निश्चित खर्च ब्यहोर्ने भएकाले जनताको सेवा पनिहुने सुविधा पनि थपिने काममा ढिलाई गर्न नहुने तर्क गर्नु हुन्छ ।तर स्वयम अवलोकनमा आएका अध्यक्ष एजाज आलमले संचालनको भवन भएपछि डोनर खोजेर उपकरण मगाउने काम वाकी रहेकोले ६ महिना देखि १ वर्षको समय लाग्ने वताउनु भयो उपमेयर अर्यालले भन्नु भयो । यहाँ बाणगंगा नगरले डायलासिस सेन्टर संचालन गर्न तयार भएन भनेर चर्चा चलाइएको रहेछ भन्दै वाणगंगा तयार छ तर स्वमय संचालनमा ल्याउने मुटु अस्पताल अहिले कुनै तयारीमा देखिएन अर्यालले भन्नु भयो ।  उहाहरु तयार भएर आए वाणगंगाले यो मौका गुमाउने छैन अर्यालको भनाइछ । 

प्रकाशित : २८ चैत्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६