अर्थ-वाणिज्य

पत्रकार महासंघको नयाँ नेतृत्व छनौट : केन्द्र देखि प्रदेश सम्मको मतान्तर कति ?



कपिलवस्तु २८ चैत।  नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो ।अध्यक्ष पोखरेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्मालाई  तीन हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् । पोखरेल प्यानलकै रमेश विष्टले वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई पराजित गरेका छन् ।महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएकी छन् ।


उनले शर्मा प्यानलकी दाना केसी सुवेदीलाई पराजित गरेकी हुन् । समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै पोखरेल समूहका उदय जिएम निर्वाचित भएका छन् । महासचिवमा पनि पोखरेल प्यानलका रोशन पुरीले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित  गरेका छन् । यस्तै खुला सचिवमा पनि पोखरेल प्यानलकै गोविन्दप्रसाद चौलागाईं निर्वाचित भएका छन् भने शर्मा प्यानलका रामकृष्ण ज्ञवालीलाई पराजित भएका छन् । महिला सचिवमा सिर्जना अर्याल शर्मा समूहकी निमा काफ्लेलाई पराजित गर्दै विजयी बनेकी छन् । आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् ।

सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । उनीहरु सबै पोख्रेल प्यानलका हुन् । यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छ्न् । सदस्यहरूमा अधिकांश पोखरेल प्यानलकै निर्वाचित भएका छन् । 

यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा बसन्त गिरि विजयी भएका छन्। प्रेस युनियन, प्रेस सेन्टर सहितको संयुक्त प्रगतिशिल लोकतान्त्रीक गठबन्धनबाट उमेद्वार बनेका गिरिले ९ सय ४६ मत ल्याइ विजयी भएका हुन्। गिरिका प्रत्यासी भरत केशीले ६ सय १७ मत प्राप्त गरेका छन्।केशी प्रेस चौतारी, प्रेस मञ्च सहितको साझा प्यानलका उमेद्वार हुन्। घनश्याम गौतमले ५७ मत ल्याए। पदाधिकारी र सदस्यमा पनि अधिकांस गिरि प्यानलका विजयी भएका छन्। 


एक महिला सदस्यबाहेक सबै पदाधिकारी र सदस्यमा बसन्त गिरीकै प्यानल विजयी भएको छ। प्रदेशको उपाध्यक्षमा शुक्रऋषि चौलागाइँले ९ सय ३६ मत ल्याइ विजयी भएका छन्। प्रत्यासी गणेशकुमार आचार्यले ५ सय ३० र शिवलाल सुवेदीले ९९ मत ल्याए। महिला उपाध्यक्षमा चुमा आचार्य ९ सय ८१ मत सहित विजयी भइन्। पुष्पा खनाल सम्झनाले ५ सय ६४ मत ल्याइन्।महासचिवमा विक्रम खड्का विजयी भएका छन्। उनले ९ सय ६७ मत प्राप्त गरेका छन्। प्रत्याशी विश्वराज पछ्लंगवा चौधरीले ६ सय मत ल्याएका छन्।

सचिवमा जयसिंह केशी, समावेशी सचिवमा शिवकुमार सुनार र कोषाध्यक्षमा यमनाथ घिमिरे विजयी भएका छन्। खुल्ला सदस्यमा किरण विक्रम शाह, केशरमान विशी, गोपाल भण्डारी, प्रेमनारायण आचार्य र भुवन कार्की विजयी भए। महिला सदस्यमा पार्वती बस्नेत, मिना ढकाल र सरला सुवेदी चयन भएका छन्। सरला भरत केशीको प्यानलबाट उमेद्वार बनेर विजयी भएकी हुन्। आदिबासी जनजाती तर्फ गणेश सारु र टेकबहादुर मास्की, मधेशी तर्फ रामविकास चौधरी र विन्दुकुमार चौहान, दलित तर्फ चिन्ताबहादुर दर्जी र अल्पसंख्यकबाट मोहम्बद आरिफ अन्सारी विजयी भएका छन्।

प्रकाशित : २८ चैत्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६