अर्थ-वाणिज्य

नगरलाई नेपालकै स्वच्छ र विश्व कै सुन्दर बनाउदै छौं:मेयर थारु



कपिलवस्तु २८ चैत ।बाणगंगा नगरका मेयर मंगल प्रसाद थारुले नगरलाई नेपालकै स्वच्छ र विश्वकै सुन्दर मध्येको वनाउन लागि परेको दावि गर्नु भएको छ । उहाले सफा पानी सफा बानि ,सहयोग पु¥याउने भु पु सैनिक खानेपानी  भन्ने मुलनाराका साथ वाणगंगा २ गजेहडा भु पु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजनामा भएको वातावरण स्वच्छता तथा सरसफाई  व्यावस्थापन सम्बन्धी दुई दिने अभिमुखिकरण तालिमको शनिवार बाट वाणगंगा ४ ठाकुरापुरमा शुभारम्भ गर्दै यस्तो दावि गर्नु भएको हो । 

कार्यक्रममा मेयर थारुले २०७४ सालमा निर्वाचीत  भएसंगै आफु लगायत सम्पुर्ण नगरका उपमेयर, वडा अध्यक्षहरु  फोहोर व्यवस्थानमा लागि परेको बताउनु भयो । उहाले नगरपालिका भित्र उत्पादन भएको फाहोरमैला संकलन गरी व्यवस्थापन केन्द्रसम्म लैजानका लागि आवश्यक संकलन र ढुवानी गर्ने व्यवस्था नगरपालिकाले नै मिलाई दिने स्पष्ट पार्नु भयो । फोहोर व्यवस्थापनका लागि एक जना व्यक्ति मात्र लागि परेर नहुने मेयर थारुको भनाई छ ।

कार्यक्रममा भु पु खानेपानिका अध्यक्ष राजेन्द्र बिक्रम शाहले प्लास्टीकलाई आगोमा नजलाई सहि ढंगले व्यवस्थापन गर्नुपर्ने बताउनु भयो  ।  उहाले उत्पादन भएको फोहोर अलग अलग रुपमा पृथकीकरण गरि वातावरणमा प्रतिकुल प्रभाव नपार्ने तरीकाले व्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भयो । उहाले नकुहिने खालका फोहोरहरुको बिक्रि वितरण गर्ने कार्य सकेसम्म उत्पादक स्वयले मिलाउने जानकारी  दिनु भयो ।

कार्यक्रममा बोल्दै वालिंग नगरपालिकाका मुख्य प्रशिक्षक पदम प्रसाद पाण्डे र कृष्ण भन्डारीले फोहारमैला व्यवस्थापनको लागी सहभागीता मुलक अवधारणा, फोहरका प्रकार, असर र स्रोतका रुपमा प्रयोगमा ल्याउन सकिने सम्भावनाहरु आदि प्रस्तुत गर्नु भयो । यसरी नै नगर सभाले तोके बमोजिंम फोहोरमैला शुल्क उठाउन फोहोरमैला व्यवस्थानका लागि आवश्यक जनचेतना लगायत कार्यक्रम संचालन गर्नुपर्ने बताउनु भयो ।

वडा नं १ का अध्यक्ष बालकुमारी पन्त ,नागरीक समाजका अध्यक्ष दोलख बहादुर पछाई, नेपाल पत्रकार महासंघ कपिलवस्तुका निवर्तमान उपाध्यक्ष पार्वती पान्डे, सिदार्थ नगर विकास समितीका अध्यक्ष विष्णु थापा, भुपु खानेपानीका  सल्लाहकार नन्दा किशोर शुक्ला, द्रोण राज सुवेदी, कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेन लगायतले वाताबरण प्रदुषणले पार्ने प्रभावलाई प्रष्टाउदै यसबाट बच्नका लागी फोहार व्यवस्थापनको सहि सदुपयोग मापदण्ड अपनाउनु पर्नेमा जोड दिनु भएको थियो ।  भु पु खानेपानीका उपाध्यक्ष झलक मल्लको स्वागत, सचिव कृष्ण बहादुर शाहीको सञ्चालनमा कार्यक्रम  भएको  हो । अभिमुखिकरणमा नगरवासीको बाक्लो उपस्थिती रहेको थियो । 

प्रकाशित : २८ चैत्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६