ब्रेकिंग न्युज

कोरोना संक्रमणबाट बुटवलमा २ जनाको मृत्यु



 बुटवल ३० चैत्र । कोरोना संक्रमणबाट बुटवलमा २ जनाको मृत्यु भएको छ ।कोरोना संक्रमणका कारण बुटवलस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको हो ।संक्रमणबाट प्यूठानको स्वर्गद्वारी-९ का ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा-१ की ७१ वर्षीया महिलाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।उनका अनुसार गत चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएका प्यूठानका पुरुषको आज बिहान ५ बजे मृत्यु भएको हो भने चैत २३ गते भर्ना भएकी तिलोत्तमाकी महिलाको बिहान ७ बजेर २३ मिनेटमा मृत्यु भएको हो ।दुवै जनामा निमोनियाको समस्या रहेको गौतमले जानकारी दिए । अहिले अस्पतालमा ७ जना संक्रमित उपचाररत रहेका छन् ।

प्रकाशित : ३० चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६