ब्रेकिंग न्युज

पर्वतका कोरोना संक्रमितको बुटवलमा मृत्यु



 बुटवल २ वैशाख। पर्वतका कोरोना संक्रमित पुरुषको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ ।पर्वतको पैयुँ-५ का ३८ वर्षीय पुरुषको बुधबार उपचारका क्रममा मृत्यु भएको हो । उनी हालै मात्र भारतबाट घर फर्केका थिए ।१० दिनदेखि उच्च ज्वरो आए पनि उनको ५ दिन अघिमात्र स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।चैत २९ गते लुम्बिनी प्रादेशिक अस्पतालद्वारा बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका उनको बुधबार साँझ ६ः२० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए ।

उनमा निमोनिया र खोकीको समेत समस्या रहेको प्रवक्ता गौतमले जानकारी दिए । कोरोना अस्पतालमा तीन दिनअघि मात्रै तीनजना संक्रमितको मृत्यु भएको थियो ।यसैबीच रुपन्देहीमा बुधबार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार ४८ जनामध्ये बुटवल उपमहानगरका मात्रै २१ जना छन् । रुपन्देहीमा हालसम्म १५७ जना कारोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : २ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६