अर्थ-वाणिज्य

नेपाल राष्ट्र बैंकले आज पाँच अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने



काठमाण्डौ ६ बैशाख । नेपाल राष्ट्र बैंकले आज पाँच अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।बैंकका अनुसार झण्डै २० करोडको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । यो बिल आउँदो साउन ५ गते परिपक्व हुनेछ । यस्तै पाँच अर्बको ट्रेजरी बिल भने जम्मा एक सय ८२ दिनका लागि बिक्री गरिने छ । यो बिल भने आउँदो कात्तिक २ गते परिपक्व हुनेछ ।राष्ट्र बैंकले यसअघि गएको चैत ३० गते झण्डै २० अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित : ६ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६