अर्थ-वाणिज्य

नयाँ मन्त्रीहरु कारवाहीमा नपर्ने निश्चित,संसदीय दलमा २ तिहाई पुराएर सरकारमा सहभागि



रुपन्देही ७ बैशाख । तीन वर्ष सम्म सत्ता खेलवाट मुक्त रहेको नेपालमा केहिदिन यता सत्ता हत्याउने  यस्ता खेलहरु देखा परेका छन् की राजनीतिमा जे पनि संभव छ । जस्तो कदम पनि चल्न वा चालिन सक्छ । सत्ताकालागि एक घण्टाको समयमा धेरै परिवर्तन भई सक्छ भन्ने उदाहरण लुम्विनी प्रदेशले देखाएको छ । मुख्य मन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरु नै एकाएक मन्त्रीको सपथ लिएर मुख्यमन्त्रीलाई साथ मात्र दिएनन् उनीहरुले संसदिय दल नै कब्जा गरेर समर्थन जनाएका छन् । 

यता लुम्बिनी प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीलाई जनता समाजवादी पार्टिले स्पष्टीकरण माग गरेको छ ।मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अबिस्वास प्रस्तावमा हस्ताक्षर गरेको उक्त पार्टिले आफ्नै पार्टिका ४ जना सांसदहरु मन्त्री बन्न गएपछि मंगलबार सम्म फिर्ता हुन निर्देशन दिएको छ । पार्टिका लुम्विनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले बिज्ञप्ती जारी गरी पार्टिको सोमवार बिहान बसेको बैठकले मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वास प्रस्ताव लैजाने निर्णय बिपरीत मन्त्रीपरिषदमा सहभागी भएको भन्दै फिर्ता हुन निर्देशन दिएको हो ।

बिज्ञप्तीमा सरकारबाट फिर्ता भई २४ घण्टा भित्र चित्तबुझ्दो स्पष्टीकरण दिन निर्देशन दिदै त्यतिन्जेल सम्मका लागि सम्पुर्ण जिम्मेवारी बाट हटाउने निर्णय गरेको उल्लेख छ ।नव नियुक्त मन्त्री सन्तोष पाण्डेले भने आईतवार संसदीय दलका उपनेताको अध्यक्षतामा सम्पन्न बैठकले सहसराम यादवलाई हटाएर आफुलाई संसदीय दलको नेता चयन गरेको र सरकार बिरुद्ध अबिश्वस प्रस्तावमा जाने कुनै निर्णय नगरेको बताउनु भयो  ।जनता समाजबादी पार्टिले मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने कुनै निर्णय गरेको छैन बरु मलाई ससदीय दलको नेता बनाएको हो पाण्डेले भन्नु भयो  ।

सामाजिक बिकास मन्त्री कल्पना पाण्डेले लुम्विनी प्रदेशमा संघिय समाजवादी र राजपा बिच एकिकरणको प्रक्रिया टुगो नलागेकोले आफुलाई जनता समाजवादीको कुनै प्रकारको निर्देशन मान्य नहुने बताउनु भयो  ।लुम्विनी प्रदेशमा पार्टि एकिकरण प्रक्रिया अगाडी बढेको छैन त्यसैले जनता समाजबादीका नाममा हुने कुनै पनि स्पष्टिकरण र निर्देशन लागु हुन सक्दैन पाण्डेले भन्नु भयो ।

नेपाली कांग्रेसको अगुवाईमा नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वास हस्ताक्षर गरी दर्ता गरेको एक घण्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी भएर चमत्कार पूर्ण कदम चालेका हुन् ।अर्काेतर्फ जसपा नेता मनिष सुमनले लुम्बिनी प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीलाई कार्वाही गर्ने अधिकार नभएको बताउनु भएको छ  ।मुख्यमन्त्री शंकर पोखरेलको मन्त्री परिषदमा सहभागी भएका मन्त्रीहरुलाई जनता समाजवादी पार्टिले २४ घण्टे स्पष्टीकरण सहित निलम्वन गरेपछि नेता सुमनले यस्तो प्रतिक्रिया दिनु भएकोछ  ।

संसदीय दलले निर्णय गरेर मन्त्री परिषदमा सहभागी भएको अवस्थामा प्रदेश कमिटीले कुनै कार्वाही गर्न सक्दैन उहाले भन्नु भयो  । वहाहरु संसदीय दलको दुई तिहाईले निर्णय गरेर सरकारमा सहभागी हुनु भएको छ संसदीय दल पार्टिको एउटा आधिकारीक अंग हो त्यसले गरेको निर्णय पार्टिको निर्णय हो सुमनले थप्नु भयो  ।

सुमनले लुम्विनी प्रदेशमा अविश्वास प्रस्ताव अगाडी बढाउने नबढाउने बिषयमा कसलाई साथ दिने भन्ने बिषयमा पार्टि केन्द्रमा कुनै निर्णय नभएको बताउनु भयो । केन्द्रिय कार्यकारीणी समितीले समयमा निर्णय नदिदा कर्णाली प्रदेशमा दुर्घटना भयो सुमनले भन् नु भयो ।सुमनले जनता समाजवादी पार्टीको प्रदेश कमिटी समायोजन समेत नभएको अवस्थामा आफुलाई अधिकार नै नभएको बिषयमा सांसदलाई निस्कासन गरिने भनेर बिज्ञप्ती निकाल्नुको कुनै अर्थ नरहने उहाले प्रष्टाउनु भयो । 

प्रकाशित : ७ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६