ब्रेकिंग न्युज

रुपन्देहीमा ६ जना कोभिड संक्रमितको मृत्यु



रुपन्देही ७ बैशाख । रुपन्देहीमा ६ जना कोभिड संक्रमितको मृत्यु भएको छ । भैरहवास्थित युसिएमस कोभिड अस्पताल युनिटमा ४ जना र लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ उपचारत संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा २ महिला र एक पुरुष रुपन्देही जिल्लाको र ३ जना जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बुटवलमा उपचाारत महिलामा ज्वरो, निमोनिया, स्वाशप्रश्वासमा समस्या रहेको थियो ।

अस्पतालका अनुसार मृत्यु हुनेमा बुटवल ८ रुपन्देहीकी ६५ वर्षीय महिला र बुटवल १३ की ७९ वर्षीय महिलाको मृत्यु भएको छ । यस्तै भैरहवामा उपचाररत ४ जना पुरुषको मृत्यु भएको हो ।मृत्यु हुनेमा महरागंज ९ कपिलवस्तुका ५२ वर्षीय, झिमरुक प्युठानका ५८ वर्षीय, रानीगंज मोतिपुर रुपन्देहीका ३८ वर्षीय र स्वर्गद्वारी प्युठानका ४८ वर्षीय पुरुष रहेको युसिएमएस मेडिकलका जनसम्पर्क अधिकृत सुशिल गुरुङले जानकारी दिए ।गुरुङका अनुसार युसिएमएस कोभिड युनिटमा ७ जना भेन्टिलेटर सहित ९ जना आइसियुमा, १२ जना एचडियुमा र १९ जना इमरजेन्सी आइशोलेशन बेडमा उपचाररत छन ।

प्रकाशित : ७ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६