अर्थ-वाणिज्य

डिभोर्सपछि मुख्यमन्त्रीको तरङ्ग ल्याउने त्यो स्टाटस



कपिलवस्तु ८ बैशाख ।“जनभावना अनुसार वाम गठबन्धन कायम राख्ने अधिकतम  कोशिस गरियो तर माओवादी केन्द्रको निर्देशन अनुसार साथीहरु आजैवाट वाहिरनु भयो…” यो लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको  फेसबुकवालको स्टाटस मन्त्री कुल प्रसाद केसी र शुदर्शन वरालले राजीनामा दिएपछि लेखिएको हो । 

यो लेखाईको भाष्यले भन्छ- मुख्यमन्त्री पोखरेल सकभर गठबन्धन कायमै रहोस भन्नेमा कृयासिल हुनु हुन्थ्यो । तर उहाँको प्रयासको  केहि चलेनछ । यता कुल प्रसाद केसीले मुख्यमन्त्री समक्ष २ मन्त्रीले दिएको राजीनामालाई आफ्नै फेसबुकमा राख्नु भएको छ । कुनै भाषा उल्लेख छैन ।उहाँ निशब्द हुनुहुन्छ । यसको अर्थ हो उहाँमा कुनै आक्रोस वा दम्भ छैन । वरु पश्चातापले शब्द चयन हुन नदिएको हुन सक्छ । 

 यतिमात्र होइन मुख्यमन्त्री पोखरेल र तत्कालिन मन्त्री कुल प्रसाद केसीको फेसबुक पेजमा आएका प्रतिकृया पनि मुख्यमन्त्री र मन्त्री बीच नचाहदा नचाहदै डिभोर्स भएको भन्ने आसयका धेरैछन् । पोखरेलका स्टाटसले डेढ हजारवढी प्रतिकृया पाएकोछ । आरोप प्रत्यारोपको क्रम तीव्रछ । केसीको राजीनामा पत्रपछि लेखिएका प्रतिकृयाले जे भयो यो राष्ट्रिय राजनीतिको अंक गणितको परिणाम हो भन्ने आसय देखाएका छन् ।  

सबै भन्दा पहिला एक प्रतिकृयाको चर्चा गरौं —‘राजिनामा पत्रमा प्रयोग भएका शब्द र भाषा हेर्दा प्रदेशका मुख्य मन्त्री र मन्त्रीहरुमा कुनै तिक्तता र वैमनस्यता भएको जस्तो देखिएन। सँगसँगै सहकार्य गर्ने मन हुदाहुदै पनि वैचारिक बाध्यताका कारण अलग हुनुपरेको देखियो। सामाजिक संजालमा एकपक्षीय अर्थात केपि ओलिको मात्रै भजन गाए पनि हाम्रा मुख्यमन्त्री चाहिँ साह्रै असल हुनुहुदो रहेछ। आफ्ना सहकर्मी मन्त्रीहरुको चित्त दुखाउनु भएको रहेनछ।

यदि चित्त दुखाएको अथवा मनमुटाव भएको भए यति नरम, सौहार्दपुर्ण, यति भद्र प्रशंसायोग्य राजिनामा पत्र आउने थिएन, आरोप प्रत्यारोप र दोषैदोष सहित आउने थियो। लुम्बिनी प्रदेशबासी जनताले राम्रै मान्ने छन यो सौहार्दताका लागि ’ भन्दै तिलक विक स्वर्णिमले प्रतिकृया जनाउनु भएको छ । यता मुख्यमन्त्रीको स्टासटमा धेरै कडा प्रतिकृयाहरु पनि आएका छन् । राजनीतिमा विकृतीको शुरुवाँत भएको भनिएका छन् । तर कृष्ण रोकाको प्रतिकृया भने अलि फरक छ —‘समयानुकूल मुख्यमन्त्रीज्यूले गर्नु भएको स्वविवेक कदम धेरै उच्चस्तरको देखियो जनभावना अनुसार अगाडि बढ्नुहोस । जनता साथमा हुनेछन् ।’

कतिपय प्रतिकृया रोचक पनि छन् पुस्कर प्रियन्सा नामको फेसबुक चलाउनेले लेख्नु भएको छ —‘बाघको छाला ओढेर कर्णालीमा शिकार गरेको स्याल आहार खोज्दै लुम्बिनी छिर्यो । असली बाघ जब, पन्जा फुकाएर गुफा बाट बाहिर निस्क्यो । अनि,बाघको खोल ओढेको स्याल आफैं शिकार भयो । स्याल दुलोमा पसे,लुम्बिनीमा शान्ति छायो ।’

प्रतिकृया जनाउनेहरुले पछिल्लो प्रदेश सरकारलाई कठोर आलोचना पनि गरेकाछन् । प्रशंसाको पनि कमीछैन सरिता सुबेदी लेख्नु हुन्छ—‘धन्यावाद मुख्यमन्त्री ज्यू । लुम्वीनी प्रदेश सरकार नेपालमै पहिलोपटक महिलामैत्री सरकार वनेको छ । आठ जना मन्त्रीमध्ये ३ जना मन्त्री महिलाहरु बनाउनु समावेशीताको अर्को नमुना हो । कुल मन्त्री मध्ये ३३ प्रतिशत भन्दा वढी महिलाहरु मन्त्री भएको प्रदेश लुम्वीनी वनाउनुभएको मा धन्यवाद ।’यता निश्चल वाग्लेको भनाइछ यस्तो छ —जनताको मतको अवमुल्यान गरि आफ्नै सरकारको विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन उक्साउने र दिउसो सम्म खुसि बनेका कमरेडहरुलाई आजको कदम राम्रो जवाफ ’

फेसबुकमा जे जस्ता प्रतिकृया आएका भएपनि माओवादी केन्द्रका मन्त्री र मुख्यमन्त्री पोखरेल बीच हदै सम्मको असल मित्रता थियो भन्ने कुरा यसअघिका उहाँहरुले गरेका हरेक निर्णयमा  एकमना एकता र हरेक मञ्चमा प्रस्तुत हुदा वोलिमा हुने एकरुपतावाटै प्रष्टै झल्कन्थ्यो । उहाहरुमा कमरेडली स्वभाव उच्च थियो । सुदर्शन वरालले तभाषणवाटै  भन्ने गर्थे मुख्य मन्त्री जे चहानु हुन्छ हामी त्यसकै पक्षमा छौं । 

तर परिस्थिीले  यो आत्मीयता तोड्न विवस बनायो । पार्टीका एकमात्र अभिभावकिय भूमिकामा रहेका प्रचण्डको कडा निर्देशनमा वर्षमान पुन अनन्त जव बुटवलमा आएर डेरा जमाएर बस्दै वालकृष्ण खाणसंग भौतिक मोर्चाबन्दी कसे । केहि चलेन कुल प्रसाद र शुदर्सनको । उहाहरु खुरुखुरु वर्षमानको निर्देशनमा चल्न विवस हुनु भयो । वालकृष्णलाई संगै राखेर मुख्यमन्त्री बनाई छाड्ने भन्दै अनन्तले गरेको प्रतिबद्धाले मन्त्री केसीलाई मुख्यमन्त्री हुने सपना झलझलि आएहोला त्यसैले आकस्मीक रुपमा डिभोर्सपत्र लेख्न विवश हुनु भयो । 

खेलाडीले खेल शुरु गरेपछि प्रदेशका अभिभावक शंकर पोखरेल पनि मैदानमा उत्रनु परेहोला । खेल यति सम्म भयो की गुम्नुपर्ने मुख्यमन्त्री पद पोखरेलका लागि फेरी पनि सुनश्चित हुन पुग्यो । जसपाका जति नेता शंकरको संपर्कमा आए सबैले मन्त्री पाए । ३ वर्षवढी जसपा संसदीयदलका नेता रहेका सहसराम यादवले आफ्नो पद गुमाए । संसदीय दलका नेतालाई ३ तिहाई वहुमतले कारवाही गरेर सन्तोष पाण्डेलाई नेता वनाउदै एमालेसंग नयाँ लगनगाठो कस्न जसपा सफल भयो ।

यता मन्त्री केसी र वरालको मन्त्री पद उहाहरुकै राजीनामासंगै हरायो भने आगामी भविश्यको वाटोमा समेत उक्त पद फर्केर आउन कठिन हुने मोडमा पुग्यो । विचरा केसी र वराल नचाहा नचाहादै डिभोर्स दिए । भएको मन्त्री पद गुमाए । आगामी यात्राको विशेष मोडमा पनि उक्त पद पाउन नसक्ने गन्त्ब्य तर्फ प्रबेश गरे । जे होस यतिबेला उहाँहरु दुबै पक्षले नचाहदा  नचाहदै डिभोर्स भएको छ ।  मुख्यमन्त्री पोखरेलको  डिमोर्र्सी स्टाटसले हजारौको मन छोएको छ ।

प्रकाशित : ८ बैशाख २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६