अर्थ-वाणिज्य

पौडेलको निधनले मानवअधिकार र सञ्चारक्षेत्रमा ठुलो धक्का : नेता पोख्रेल



कपिलवस्तु ८ वैशाख ।बरिष्ट मानव अधिकारकर्मी  एवं अग्रज पत्रकार स्वर्गिय नन्दराम पौडेलको नवौं पुन्य तिथिको अवसरमा उहाकै निवास वुड्डी गेलवारमा वुधवार शोक सभा गरिएको छ । नेकपा जिल्ला प्रचार विभाग र  प्रेश चौतारी नेपाल जिल्ला समिति कपिलवस्तुको संयुक्त आयोजनामा शोक सभा गरिएको हो । शोक सभालाई सम्बोधन गर्दै नेकपा एमाले कपिलवस्तुका संयोजक झविलाल पोख्रेलले स्वर्गिय पौडेलको निधनले पत्रकारीता र मानवअधिकारको क्षेत्रमा ठुलो क्षति पुगेको बताउनु भयो । 

शोक सभामा पार्टीका जिल्ला सहसंयोजक डम्मर शर्मा , पाटी प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासेले स्वर्गिय पौडेलले मानवअधिकार र पत्रकारीताको क्षेत्रमा २ दशक बढि काम गरेको चर्चा गर्दै उहाँको निधनले मानवअधिकार र पत्रकारीताको क्षेत्रमा अतुलनिय क्षति पुगेको बताउनु भयो । यस्तै  प्रेस चौतारीका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेशका सहसंयोजक पार्वती पाण्डेले स्वर्गिय पौडेलको निधनले संगठन स्तब्ध भएको बताउदै उहाँको जिवनीको बारेमा प्रकाश पार्नु भएको  भएको थियो । 

प्रेस चौतारीका पुर्व अध्यक्ष समेत रहनु भएका स्वर्गिय पौडेलले मानवअधिकार र सञ्चार क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै उहाँको सम्झनामा  नन्दराम पौडेल पत्रकारीता पुरस्कारको कोष स्थापना गरिने प्रेस चौतारीका नेता पाण्डेले बताउनु भयो ।  उक्त कोषबाट  हरेक वर्ष एक जना उत्कृष्ट पत्रकारलाई पुरस्कृत गरिने छ पाण्डेले भन्नु भयो । प्रेश चौतारीका जिल्ला संयोजक जानु पाण्डेको सञ्चालनमा भएको शोक सभामा नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य खुम प्रसाख आचार्य , जंजिर प्रसाद थारु, टेकराज पौडेल,नेकपा एमाले वुद्धभुमि नगरकमिटीका अध्यक्ष पिताम्बर भुषाल , शिक्षक महासंघका जिल्ला अध्यक्ष देबकला सुबेदी कमाल लगायतले शोक मन्तव्य राख्नु भएको थियो । 

शोक सभामा अधिकारकर्मी ,सञ्चारकर्मी ,राजनैतिक दल लगायतको बाक्लो उपस्थिती रहेको थियो । स्वर्गिय पौडेलको गत चैत्र ३१ गते साँझ सडक दुर्घटनामा मृत्यु भएको थियो । निजका एक श्रीमती , एक छोरी  दुई छोरा हुनु हुन्छ । 

प्रकाशित : ८ बैशाख २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६