कपिलवस्तु ८ बैशाख । कपिलवस्तुका खुल्ला सिमानामा स्थानीय प्रशासनले स्वास्थ्यकर्मिको सहयोगमा कोरोना संक्रमितको चेकजाँच गरेसँगै संक्रमित फेला परेका छन् । कपिलवस्तुमा पछिल्लो समय भारतका विभिन्न ठाउँबाट आएका चार हजार बढिको चेकजाँच गर्दा ५५ जनामा ज्वरो पाइएको मध्ये ५ जनामा कोरोना पोजेटिभ पाएसँगै होम आइसोलेसना राखि उपचार गरी सावधानी अपनाइएको छ । कोरोनाको दोस्रो लहर बढेसँगै कपिलवस्तुमा ४३ संक्रिय संक्रमित भेटिएका छन् । जसमध्ये गम्भीर ५ जनाको बुटवल कोरोना अस्पताल रामनगरमा उपचार भैरहेको कोरोना फोकल प्रसन उमेश घिमिरेले जानकारी दिनुभयो ।
भारतका विभिन्न ठाउँमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतमा रोजगारीका लागी पुगेका घर फर्कने नेपालीको संख्या कृष्णनगर नाकामा मात्रै अगीपछि डेढदेखी २ सय भएपनि अहिले बढेर दोव्वर हुँदा संक्रमित बढेका छन् । प्रहरीका अनुसार कृष्णनगर, मर्जादपुर, चाकरचौडा लगायत स्थानमा हेल्पडेक्स राखेर मानिसको चेकजाँच गरेपनि खुल्ला सिमानासँगै भारतबाट नेपाल भित्रने तरकारी लगायतका मालबाहक गाडी भने रोकिएका छैनन् । यता जिल्लामा कोरोना संक्रमतिको संख्या बढे पनि सार्वजनिक स्थानहरुमा मान्छेको चहलपलह भने घटेको छैन ।
बिना मास्क मान्छेहरु हिडने गरे पछि कोरोना फैलने खतरा बढेको भन्दै स्थानीयक प्रशासनले मास्को प्रयोगमा कडाई गरेको हो । प्रजिअ चक्रपाणी पाण्डेले जिल्लामा कोरोना सक्रमितको संख्या बढे पछि मास्को प्रयोमगा कडाई गरिने बताए । उनले मास्क प्रयोग गर्न अपिल जारी राखिए पनि त्यस तर्फ चासो नदिएकाले अब कडाई गरिने बताए । अनावश्य भीडभाड नगर्न, मास्क र सेनीटाईजरको प्रयोग सामाजिक दुरी कायम गर्न उनले अपिल गरे । भारतीय बजारमा किनमेल गर्न नजान, नाकाहरुमा आवतजावत नगर्न, सार्बजननिक यातायातमा अनिवार्य मास्क प्रयोग नर्ग समेत उनले आग्रह गरे ।
यस्तै कपिलवस्तुको कृष्णनगर नाकामा एक हजार जना अटाउने आइसोलेशन सेन्टर बनाउने तयारी गरिएको छ । लुम्बिनी प्रदेश सरकारको निर्णय अनुसार कृष्णगनरमा एक हजार अटाउने आईसोलने सेन्टर बनाउने तयारी गरिएको हो । प्रजिअ पाण्डेले प्रदेश सरकारको सहयोमगा कृष्णगनर नाकामा एक हजार अटाउने आईसोलशेन सेन्टर बनाउने तयारी गरिएको बताए ।
प्रतिक्रिया