अर्थ-वाणिज्य

बाणगंगामा सधै उज्यालोकालागि चिनिया कम्पनीसंग ११ अर्व बढीको संझौता



कपिलवस्तु ९ बैशाख ।राष्ट्रिय गौरवको सौर्य मेघा परियोजनाको संचालनकालागि बिहीवार कपिलवस्तुको बाणगंगा नगरपालिका र चीन सरकारको प्यारामेन्ट, कम्पनी राइजेन इनर्जी लिमिटेड सिंगापुर बिच बिहीवार सम्र्झौता भएको छ । बाँके  वाणगंगामा २सय ५० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादन गर्न ११ अर्व २५ करोड बढीको संझौता भएको हो । यता वाणगंगामा १ सय २५ मेघावटा बिद्यतु उत्पादन गर्न दुई पक्ष बिच नगरपालिकाको कार्यालयमा संझौता गरिएको हो । 

चीन सरकार तर्फबाट निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङ र नगर प्रमुख मंगल प्रसाद थारुले  बीहिवार  संझौता पत्रमा हस्ताक्षर गर्नु भएको हो। नगरपालिकाको वडा नम्बर ७ खारखानीमा रहेको सरकारी जग्गामा परियोजना संचालन हुनेछ । सौर्य मेगा परियोजनाबाट १ सय २५ मेगावट सौर्यविद्यूत उत्पादन हुनेछ भने यसका अतिरिक्त २० मेगावाट स्टोरेज क्षमताले बाणगंगा नगरपालिका जुनसुकै स्थितिमा पनि लोडसेडिङ नहुने बताइएको छ । 

यो परियोजनाले कपिलवस्तुको बाणगंगा नगरपालिकाको मुहार फेरिने नगर प्रमुुख थारुले बताउनु भयो । । ‘ प्रदेश कै ठुलो आयोजनाले अब सिंगो जिल्लाको नाम चक्किने छ ’ उहाले भन्नु भयो ‘ सिंगो बाणगंगाको मुहार फेरिने निश्चित भएको हो ।’ यो नगरको लागि सबैभन्दा ठुलो उपलब्धि हुने उहले बताउनु भयो । यो आयोजना बढीमा ३ बर्षभित्र बनाएर सकिने छ । नेपाल सरकारले पनि काम गर्न निर्माणमा कम्पनीलाई अनुमति दिइसकेकोले नगरसंगको सम्झौतापछि तुरुन्त काम सुरु हुने कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङले बताउनु भयो । 

नेपालका लागि राइजेन प्रतिनिधि छविलाल सिटौलाले यो परियोजनाले जिल्लाको आर्थिक र पर्यटन विकासमा सहयोग गर्ने बताउनु भयो  । यस्तै प्रकृतीको सौर्य परियोजना बाकेको कोहलपुरमा समेत निर्माण हुनेछ । लुम्बिनी प्रदेशको बाणगंगा र कोहलपुरमा निर्माण हुने सौर्य परियोजनाले प्रदेशकै उर्जा संकट टार्ने उहाले जानकारी दिनु  भयो । सो परियोजना वडा नम्बर ७ को  खारखानी पार्क र पिक्नीक स्पोट नजिक बन्ने भएपछि वडाबासी धेरै खुसी भएको वडाध्यक्ष विष्णु गिरीले औल्याउनु भयो । 

गत असार ५ गते बसेको लगानी बोर्डको ४४ औँ बैठकले कम्पनीलाई सम्भाव्यता अध्ययनको अनुमति दिने निर्णय गरेको थियो । यो परियोजनाको लागि यस क्षेत्रकै पुराना वामपन्थी नेता लक्ष्मण रायमाझीले मुख्य पहल गरेका थिए ।हस्ताक्षर कार्यक्रममा चीन सरकारबाट निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङ, म्यानेजिङ डाइरेक्टर मिस्टर जोउ र बाणगंगाका उप मेयर चक्रपाणी अर्याल लगायतको सहभागीता थियो । 

प्रकाशित : ९ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६