अर्थ-वाणिज्य

कपिलवस्तुका पत्रकार बेल्वासे जवजक अन्तर्गत भैरहवामा पक्राऊ



बुटवल ९ बैशाखा । रुपन्देहीको भैरहवामा एक युवा जवर्जस्ति करणीको अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले भैरहवाका पुनहरी बेलबासेलाई शुक्रबार पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ । उनी नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका नवनिर्वाचित कार्यसमिति सदस्य समेत हुन् ।उनी कपिलवस्तुका स्थायी वासिन्दा हुन् । 

भैरहवाको रविपथमा नेपाल एजुकेशनल ट्रेनिङ सेन्टर सञ्चालन गरिरहेका बेलबासेले आफ्नै इन्स्टिच्यूटमा पढ्न आउने युवतीलाई कोठामा बोलाएर जवर्जस्ती करणी गरेको प्रहरीको अभियोग छ । युवतीले जवर्जस्ती करणीको उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बेलबासेलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बेलबासेलाई जवर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको बताए । अभियुक्त बेलबासेलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए ।

पक्राउ परेका बेलबासेले भने आफ्नो इन्स्टिच्यूटमा पढ्न आएकी युवतीसँग शुल्कको विषयमा छलफल हुँदा आफूले लिनुपर्ने शुल्क नछाडेपछि जवर्जस्ती करणीको आरोप लगाएको दावी गरेको प्रहरीको भनाइ छ । अभियुक्त बेलबासे आर्थिक बुलेटिन अनलाईन पत्रिकाका सम्पादक हुन् । उनी गत चैत २५ गते भएको नेपाल पत्रकार महासंघ रुपन्देहीको निर्वाचनमा कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित : ९ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६