अन्तर्राष्ट्रिय

प्रहरीद्धारा भारतबाटै ३ बालिकाको सकुशल उद्धार



कपिलवस्तु १० बैशाख ।कपिलवस्तु प्रहरीले ३ दिन अघि हराएका ३ जना बालिकाको भारतबाट सकुशल उद्धार गरि नेपाल ल्याएको छ । कपिलवस्तुको महाराजगंज ८ सिंग्राहाबाट हराएका तिन बालिकालाई कपिलवस्तु प्रहरीले तिन दिन पछि भारतको कानपुरबाट सकुशल उद्धार गरेको हो । कपिलवस्तु प्रहरीले भारतिय प्रहरीको समन्वयमा सुचना प्रवाह गरि हराएको तिन दिनमा भारतको कानपुरमा फेला पारि बालिकाहरुलाई नेपाल ल्याएको हो । 

सोमबार दिउसो बाख्रा चराउन गएका बेला सिंग्राहाका जित बहादुर पासीकी १३ बर्षिय छोरी राधा पासी, सोही स्थानका प्रेम कोहारकी छोरी ८ बर्षकी छोटी कोहार र ७ बर्षिय छोरी चिन्की कोहार एकाएक हराएका थिए । घटनाको सम्बन्धमा अभिभावक र आफन्तजन सँग बुझ्दा निज बालिकाहरु भारत तर्फ गएको हुन सक्ने सुचना प्राप्त भए पछि प्रहरी उपरिक्षक नवराज अधिकारीले तत्कालै भारतिय समकक्षी  समन्वय गरि लिखित अनुरोध गरेका थिए । सो क्रममा बुझदै जाँदा बालिकाहरु भारत सिद्धार्थनगर जिल्लाको शोहरतगढ थानाको माहाथा बजारको राममन्दिरको कम्पाउण्डमा गएको खुल्न आएको थियो ।

सो पश्चात मन्दिरका पुजारीले रातको समयमा बालिका देखे पछि कहाँ जान्छौ भन्दा मामा घर गढवा जान लागेको भनि रेलमा चढेको जानकारी दिएका थिए । बालिकाहरु रेलमा चढेर कानपुर पुगे पछि कानपुरको दादानगर थाना, गोबिन्दनगर  कानपुर प्रहरीले फेला पारि आफ्नो संरक्षणमा लिई सिमाको प्रहरी चौकी हुदै नेपाली पक्षलाई जानकारी गराएका थिए ।

बालिकाको जानकारी आए सगै नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक श्याम सिंह चौधरी र महिला प्रहरी, महारागंज नगरपालिका वडा नम्बर ८ का अध्यक्ष योगेन्द्र केसी सहितको टोलीले कानपुर गएर बालिकालाई लिएर आएका थिए । भारतिय प्रहरी सँगको समन्वयमा बालिकाहरुलाई समयमै फेला पार्न सकिएको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनुभयो ।

भारतीय पक्ष सँग समन्वय गरेर बालिका नेपाल फर्काएर उदाहणीय काम गरेको अधिकारीले जानकारी दिनुभयो । प्रहरीको समन्वय र सहकार्यले बालिका भेटाउन सफल भएको महारागंज नगरपालिका वडा नम्बर ८ का अध्यक्ष योगेन्द्र केसीले बताउनुभयो । 

प्रकाशित : ९ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६