प्रदेश

लुम्विनी प्रदेशका कोभिड अस्पताल खचाखच,केहिलाई हेलिकप्टरवाट काठमाडौ पठाइयो



रुपन्देही १० बैशाख । पछिल्लो समय कोरोना भाइसर संक्रमण फेरी फैलिएसँगै अस्पतालका आइसियुहरु पनि भरिएका छन्। लुम्बिनी प्रदेशका चारवटै कोरोना अस्पतालमा अहिले नयाँ विरामीको लागि बेड पाउन सक्ने अवस्था छैन।

रुपन्देही र आसपासमा कोरोना संक्रमण बढेसँगै चैत्रको तेस्रो साताबाट बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा रहेको आइसियु कक्षमा विरामीहरु बढ्न थाले। मंगलबार अस्पतालका आइसियुका सबै १३ बेड भरिए।अघिल्लो दिनदेखी अस्पतालमा नयाँ विरामी राख्ने अवस्था नभएको लुम्बिनी प्रादेशीक अस्पतालका बुटवलका सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । ‘अहिले १३ वटा बेड छ। सबै प्याक छ। 

बुटवल र भैरहवामा दुबैतिर बेड नपाएपछि कतिपयले हेलिकप्टर चार्टर गरेर विरामी काठमाडौँ पु¥याएका छन्। आर्थिक अवस्था कम्जोर भएका कतिपयले भगवान पुकार्नुपर्ने अवस्था छ। उता बाँकेको कोहलपुरमा रहेको भेरी अस्पतालमा पनि आइसियु र एचडियुमा गरेर ३० जना छन्। त्यसबाहेक सामान्य बेड सहित कुल १ सय ४२ बेड रहेको छ। कोरोना संक्रमितले सबै वेड भरिएको भेरी अस्पतालका मेडिकल सुपरिटण्ट डा. प्रकास थापाले बताए। ‘एक हप्ता जति भयो भरिन थालेको । 

प्रकाशित : १० बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६