अर्थ-वाणिज्य

बिजयनगरको अर्काे एक विजयोत्सव,जिल्लाकै लागि सकारात्मक उपलब्धी



कपिलवस्तु ११ बैशाख । कपिलवस्तुको अर्काेएक पालिका पूर्णखोप युक्त बनेको छ ।   विजयनगरको सान पूर्ण खोप गाउँपालिका हाम्रो अभियान, हाम्रो प्रतिवद्धता गुणस्तरिय खोपको सुनिश्चितता भन्ने नारा सहित कपिलवस्तुको विजयनगर गाउँपालिकालाई एक कार्यक्रमका विच पूर्ण खोप घोषणा गरिएको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो ।

गाउँपालिका पूर्ण खोप हुनु राम्रो पक्ष रहेको बताउदै यसको दिगोपनाका लागी चुनौति थपिएको लुम्बिनी प्रदेश सदस्य अर्जुन कुमार के.सी.ले बताउनु भयो । कपिलवस्तु जिल्लालाई नै पूर्ण खोप जिल्ला घोषणाका लागि गाउँपालिकाले देखाएको तत्परता र सफलता सराहनिय भएको बताउनु भयो । विजयनगर गाउँपालिका सहित जिल्लाका ६ वटा पालिकाहरु पूर्ण खोप घोषणा भइसकेको जिल्ला समन्वय समिति सभापति नारायण प्रसाद खनालले बताउनु भयो । पूर्ण खोप घोषणामा मात्रै सिमित नराखेर यसलाई निरन्तता दिदै दिगोपना कायम गर्नु पर्नेमा जोड दिनु भयो । 

गाउँपालिकालाई पूर्ण खोप घोषणा गरेर मात्रै सफल नहुने भन्दै यसको दिगोपनाका लागी सबैले आ—आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो । पूर्ण खोप अभियानलाई सफल पार्न  “खोज र खोप”को अभियान सफल पार्न घरदैलो पुग्ने स्वास्थ्य स्वंयसेविकाहरुलाइ गाउपालिका उप प्रमुख लक्ष्मी चौधरीले बताउनु भयो । 

गाउँपालिकामा रहेका १६ महिना देखि २३ महिना सम्मका ६६९ बालबालिकालाई सबै खोप लगाई सकेपछि पूर्ण खोप गाउँपालिका घोषणा गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले बताउनु भयो । माघ महिना देखि “खोज र खोप” अभियान सुरु गरि बैशाखमा पूर्ण खोप घोषणा गर्न सफल भएको भट्टराईले बताउनु भयो । खोपको दिगो पनाका लागी जिल्ला स्वास्थ्य कार्यालयले समेत ध्यान दिनु पर्ने वडा नं. ७ का अध्यक्ष दिनेश चौधरीले बताउनु भयो ।

स्वास्थ्य कार्यालयले भ्याक्सीन र सिरिज बराबर मात्रामा नपठाइ दिदा स्वास्थ्य कर्मिलाई गाहे हुने उहाँले बताउनु भयो । घोषणा कार्यक्रममा गाउँपालिकाका ६७ जना स्वास्थ्य स्वयसेविका र पालिकाका स्वास्थ्य कर्मिलाई सम्मान पत्रबाट सम्मान गरिएको छ । गाउँपालिका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले गर्नु भएको थियो । 

प्रकाशित : ११ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६