अर्थ-वाणिज्य

कमन नेपालद्वारा ५ लाख राशीको पत्रकार-अधिकार अक्षयकोष स्थापना



कपिलवस्तु ११ बैशाख ।कमन नेपाल प्रालि कपिलवस्तुले पत्रकारीता र मानव अधिकारको क्षेत्रवाट समाजमा उल्लेख्य योगदान पुराउने ब्यक्तिलाई हरेक वर्ष सम्मान गर्दै पुरस्कृत गर्न रु ५ लाखको अक्षय कोष स्थापना गर्ने निर्णय गरेकोछ । कमन नेपालका संचालक सदस्य एवम कमनद्धारा प्रकासित राष्ट्रिय साप्ताहिक बुद्धआवाजका प्रधान सम्पादक नन्दराम पौडेलको अल्पायूमा सडक दुर्घटनामा परी निधन भएको अवस्थालाई मध्येनजर गर्दै सोही कोष अन्तर्गत नन्दराम स्मृति पत्रकारीता पुरस्कार प्रदान गर्न तत्काल रु १ लाखको कोष ब्यवस्थापन  गरेको छ । 


यसलाई २ वर्ष भित्रमा रु ५ लाख पुराउने निर्णय गरेकोछ ।सोही बैठकले संचालक सदस्यको दुखद निधन भएकोमा परिवारकालागि काज किरीया खर्चमा सहयोग पुराउन रु ५० हजार नगद समेत प्रदान गर्ने निर्णय गरेकोछ । सोही निर्णय अनुसार उहाकै घरमा कमन नेपालले ११ दिनको पुन्य तिथीमा शोक सभाको आयोजना गरि स्वर्गिय पौडेलका दाजु टेकराज पौडेललाई सस्थाको तर्फवाट अध्यक्ष डम्मर प्रसाद  (डिपि) शर्माले नगद हस्तान्तरण गर्नु भएको छ ।

यस अघिशोक सभामा कमनका संचालक पोम नारायण पौडेलले स्वर्गिय नन्दराम पौडेलको जीवनीमाथि प्रकास पार्दै अढाई दशक लामो पत्रकारीता क्षेत्रका एक होनहार ब्यक्तित्व कपिलवस्तुले गुमाएको वताउनु भयो । इन्सेकको प्रतिनिधी रहेर मानव अधिकार संरक्षण र प्रवद्र्धनमा अन्तराष्ट्रिय स्तरमा समेत योगदान पुराएर नेपालको शान वढाउन पौडेल सफल रहेको उहाले वताउनु भयो । स्वर्गिय पौडेलकै प्रतिबेदनका आधारमा नेपालका सैनिक जर्नेल कुमार लामा मानव अधिकार हननको मुद्धामा वेलायतमा पक्राउ परेका थिए । सो क्रममा उहा ३ पटक बेलायतको अन्तारष्ट्रिय अदालतमा पुगेर लामा माथि कारवाही हुनुपर्ने प्रमाणहरु नेपालकै तर्फवाट पेश गर्नु भएको थियो । 

यता कमनका अध्यक्ष शर्माले शोक मन्तब्य राख्दै कमन नेपालको स्थापना कालमा ब्यवस्थापकीय नेतृत्व गरेका पौडेलले पछिल्लो समयमा सम्पादकीय नेतृत्व गरेर पत्रिकालाई राष्ट्रिय रुपमा क वर्गको पत्रिकामा सूचीकृत गराउन सफल भएको औल्याउनु भयो । दुर्घटनावाट  एक इमान्दार योद्धा कमनले गुमाएको चर्चा गर्नु भयो । 


शोक सभामा वोल्दै कमनका प्रबन्ध निर्देशक लक्ष्मण बेल्वासेले कमन नेपालले आज मिडिया क्षेत्रको शशक्त नेतृत्व गर्नमा यसको स्थापना काल देखिकै मेहनतको परिणाम भएको वताउदै सो मेहनतको एक हस्ती स्वर्गिय पौडेल भएको स्पष्ट पार्नृु भयो । शोक सभामा कमन नेपालका २५ संचालक ,बुद्ध दर्पण दैनिक ,बुद्ध आवाज साप्ताहिक र प्रेसपाटी अनलाइनका पत्रकार तथा कर्मचारीहरुको सहभागिता थियो । 

प्रकाशित : ११ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६