बिजनेस

कोरोनाको वैरभावमा कपिलवस्तु ।



कपिलवस्तु १५ बैशाख । विश्व मै विनास मच्चाएको कोभिड १९ को दोस्रो लहरले कपिलवस्तुमा पनी संकट ल्याउने संभावना बढेको छ । बाँके, रुपन्देही दाङ लगायतका जिल्लामा कँहर मच्चाएको बेला कपिलवस्तुमा पनि प्रभाव बढ्न थालेको छ । नागरीकहरुले कोरोनालाई विपत्को रुप नलिदाँ दिन प्रति दिन समस्या बढ्दै गएको छ । केही साता अगाडी शुन्य बाट ५ जना संक्रमितको संख्या हुँदै उक्एिको ग्राफ २५५ जना सम्म पुगेको छ ।

यस पटक आधा भन्दा वढी संक्रमितलाई निकै कष्टकर लक्षण देखिएको छ । शरिर दुख्ने , उच्च ज्वरो आउने , स्वाद थाहा नपाउने , खाना मिठो नहुने जस्ता लक्षण देखिएको एक संक्रमित बताउनु हुन्छ ।जिल्लाका सवै स्थानीय तहमा कोरोना संक्रमित फेला परेको अवस्था रहेको छ । अहिले संक्रमित हुने मा अधिकांश सरकारी कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी रहेका जिल्ला स्वस्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताउनु भयो । जिल्लामा ३८ जना कोरोना संक्रमितले ज्यान गुमाउनु परेको छ । यस पटक हट्टाकट्टा संक्रमितको समेत मृत्यु भएको छ ।

कोरोनाको दोस्रो लहर फैलिए पनी स्थानीय सरकार भने सुस्ताएका छन् । विपत्को क्षती न्यून गर्न योजना बनाएर काम गर्ने बेलामा पर्ख र हेरको निति लिए जस्तो गरेको देखिएको छ । जिल्लाका १० मध्ये ६ पालिकाले तत्काल योजना बनाई कोरोनाको प्रभाव कम गर्ने लक्ष्य लिएको छ । तर काम भने अझै सुरु भएको छैन । यता यशोधरा, शुद्धोदन, मायादेवी गाउँपालिका र महाराजगंज नगरपालिकामा भने योजना बनाउने संकेत समेत नभएको नाम नखुलाउने शर्तमा एक कर्मचारी बताउनु हुन्छ । 

जिल्लामा अझै पनी हाट वजार, धेरै मानिसको जमघट गराएर विहे गर्ने , भोज भतेर गर्ने , स्थानीय स्तरमा गोष्टी , तालिम संचालन गर्ने जस्ता बजेट सक्ने अनुत्पादक कार्यक्रम समेत संचालन भइरहेको छ । तत्काल भिँडभाँड बढी हुने गतिविधी रोकिएन भने कपिलवस्तु पनी हटस्पट हुने संकेत देखिएको छ ।

प्रकाशित : १५ बैशाख २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६