अर्थ-वाणिज्य

रुपन्देहीमा पनि बित्तिय सस्था बन्द



भैरहवा २३ बैशाख ।  जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञालाई थप कडाई गरेको छ  ।जिल्लामा कोभिड नया भेरियन्टको संक्रमण तीब्र भर्ई धेरै नागरिक मृत्युवरण गर्नु परिरहेको र कोरोना संक्रमित थपिने दर वृद्धि भई परिस्थितीलाई गम्भीर रुपमा लिदै गएपछि निषेधाज्ञालाई थप कडा गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

बिहीबार बसेको डीसीसीएमसी  र जिल्ला सुरक्षा समितिको बैठकले बैशाख ३० गते बिहान ६ बजे सम्म जारी भएको निषेधाज्ञामा अत्यावश्यक र मानविय सेवा प्रवाहका लागि हरेक बैक, बित्तिय संस्थाले १/१ जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैक र वित्तिय सस्ंथा बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै पूर्वाधार एव विकास निर्माण सम्बन्धमा निर्माण स्थलमा क्वारेन्टाइनमा रहेर बाहेक सबै विकास निर्माण बन्द गर्ने, खाद्यान्न लगायत अत्यावश्यक सामाग्री उत्पादन गर्ने उद्योगहरु बाहेकका सबै उद्योग अर्को निर्णय नहुदा सम्मका लागी बन्द गर्ने, हरियो तरकारी एवं कृषि उपज उत्पादक र उपभोक्ता बिच कृषि एम्बुलेन्स मार्फत स्थानीय तहले व्यवस्थापन गर्ने निर्णय गरेको छ । 

प्रकाशित : २३ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६