बिजनेस

नेपालमा सिर्जिएको स्वास्थ्य संकटमा चिनले तत्काल सघाउछ :विदेशमन्त्री



काठमाडौं 25 बैशाख। कोरोना भाइरस (कोभिड-१९) काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीमा नेपालाई चीनले सक्दो सहयोग गर्ने बताएको छ । कोरोनाभाइरस महामारी रोकथामका लागि नेपाललाई आवश्यक स्वास्थ्य सामाग्रीको चाँडै आपूर्ति गर्ने चीनले बताएको हो ।

शुक्रबार चिनियाँ विदेश मन्त्रालयद्वारा बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वन पिनले कोरोना महामारीविरुद्ध नेपाललाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

कोरोनाको दोस्रो लहरका कारण नेपालमा सिर्जिएको स्वास्थ्य संकटबारे चीन जानकार रहेको बताएँदै उनले आवश्यक सहयोग गर्न तयार रहेको उनले बताए ।

नेपालमा दैनिक संक्रमण संख्या उचाइमा पुगेको र अवस्था भयावहतर्फ उन्मुख भएको बताउँदै प्रवक्ता वाङले भने, ‘कोभिड महामारीविरुद्ध नेपाललाई चाहिने सबै स्वास्थ्य सामाग्री संकलन भएको छ र हामी चाँडै आपूर्ति गर्न तयार छौँ ।’

छिमेकी र रणनीतिक साझेदार मित्रको हैसियतले चीन र नेपालले सहकार्यको हात अघि बढाएको र महामारी सुरु भएयता दुई मुलुकबीच मित्रताको नयाँ अध्याय सुरु भएको उनले बताए ।

हालै नेपालसहितका चार दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरुको भर्चुअल बैठकमा चिनियाँ विदेशमन्त्रीले नेपाललाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराउने बताएका थिए । नेपालाई चीनले सक्दो सहयोग गर्ने बताएको छ । कोरोनाभाइरस महामारी रोकथामका लागि नेपाललाई आवश्यक स्वास्थ्य सामाग्रीको चाँडै आपूर्ति गर्ने चीनले बताएको हो ।

शुक्रबार चिनियाँ विदेश मन्त्रालयद्वारा बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वन पिनले कोरोना महामारीविरुद्ध नेपाललाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

कोरोनाको दोस्रो लहरका कारण नेपालमा सिर्जिएको स्वास्थ्य संकटबारे चीन जानकार रहेको बताएँदै उनले आवश्यक सहयोग गर्न तयार रहेको उनले बताए ।

नेपालमा दैनिक संक्रमण संख्या उचाइमा पुगेको र अवस्था भयावहतर्फ उन्मुख भएको बताउँदै प्रवक्ता वाङले भने, ‘कोभिड महामारीविरुद्ध नेपाललाई चाहिने सबै स्वास्थ्य सामाग्री संकलन भएको छ र हामी चाँडै आपूर्ति गर्न तयार छौँ ।’

छिमेकी र रणनीतिक साझेदार मित्रको हैसियतले चीन र नेपालले सहकार्यको हात अघि बढाएको र महामारी सुरु भएयता दुई मुलुकबीच मित्रताको नयाँ अध्याय सुरु भएको उनले बताए ।

हालै नेपालसहितका चार दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरुको भर्चुअल बैठकमा चिनियाँ विदेशमन्त्रीले नेपाललाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराउने बताएका थिए ।

प्रकाशित : २५ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६