जीवनशैली

गोली काण्डमा संलग्न २ जनालाई कपिलवस्तु प्रहरीले सार्वजनिक गर्यो ,पाण्डे खतरामुक्त नरहेको अस्पतालको भनाई



कपिलवस्तु ७ जेठ ।कपिलवस्तु प्रहरीले गोली प्रहारको घटनामा संलग्न २ जनालाई घटना भएको १२ घण्टा भित्रै पक्राउ गरी प्रारम्भीक अनुसान्धान पश्चात पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । नेकपा (माओवादी केन्द्र)  कपिलवस्तुका यूवा नेता दिपक पाण्डेमाथि गोली प्रहार गर्ने ३ जना मधये २ जना आरोपितलाई कपिलवस्तु प्रहरीले  सार्वजनिक गरेकोछ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुधबार राति पाण्डेमाथि गोली प्रहार गर्ने २ जना आरोपितलाई प्रकाउ गरी शुक्रबार सार्वजनिक गरिएको हो ।

घटनाका आरोपित कपिलवस्तु नगरपालिका वडा नं १ का ३९ बर्षीय ओमप्रकाश यादव (प्रकाश) र सोही नगरपालिका वडा नं २ बस्ने साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी  उपरीक्षक नवराज अधिकारीले वताउनु भयो । नेता पाण्डेमाथि २ राउण्ड गोली प्रहार प्रहार भएको छ । उहाँको भैरहवा मेडिकल कलेजमा भेण्टीलेटरम उपचार भैरहेको छ ।उहा खतरा मुक्त भई सक्नु भएको छैन ।  घटनामा संलग्नबाट लु १६ प ३४९७ नं को पल्सर मोटरसाइकल, दुई थान मोवाईल, एक थान जंगी राउण्ड, एक थान खोका पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाउ परेका आरोपित यादवले व्यक्तिगत रीसइवीका कारण आफुले गोली प्रहार गरेको प्रहरी सामु स्विकारेको वताइएको छ । व्यक्तिगत दुष्मनीका कारण आफुले हत्याको योजना बनाएको पनि यादवले प्रहरी सामु बताएको दावि गरिएको छ ।उहाहरु दुबै मधेसी जनअधिकार फोरममा रहदा नजिकको मित्रतापूर्ण ब्यवहारमा हुनु हुन्थ्यो ।

तर पछि कहावाट यसप्रकारको दुस्मनी देखा परेको हो स्पष्ट हुन सकेको छै्रन ।नेता पाण्डे सडवाबाट तौलिहवा तर्फ आफ्नो निजी मोटरसाइकलमा आउँदै गर्दा उहाँमाथि गोली प्रहार भएको थियो । पाण्डेसंगै रहनुभएका अर्का भारतीय नागरिक मोहमद ईसाद खानपनि घाइते भएको जनाइएको छ ।

प्रकाशित : ७ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६