प्रदेश

कपिलवस्तुमा चौथो चरणको निषेधाज्ञा शुरु : दोस्रो लहरमा १ सय ४७ को मृत्यु



कपिलवस्तु १८ जेठ ।कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि कपिलवस्तुमा पटक पटक गरि चौथो  चरणको निषेधाज्ञा गरिएको छ । पछिल्लो समय तेस्रो पटकका लागि थपिएको निषेधाज्ञा गएराति १२ बजे सकिएसँगै मँगलबार देखी चौथो चरणको निषेधाज्ञा जेठ २४ गतेसम्म लागु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पान्डेले जानकारी दिनुभयोे । पहिलो र दोस्रो चरणमा गरी जिल्लामा १ सय ७९ जनाको मृत्यु भएको भएपनि दोस्रो चरणमा मात्रै १ सय ४७ जनाको मृत्यु भएको कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताउनुभयो । 

विगतको भन्दा यो तथ्याङ्कबाट समेत संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको हो । जसले गर्दा निषेधज्ञाको समय बढाउनु परेको प्रशासन कार्यालयले जनाएको छ । झन्डै एक महिनादेखीको निषेधज्ञाका कारण जिल्लाको जनजीवन थप कष्टकर बन्दै गैरहेको छ । विकास निर्माणका काम लकडाउनमा नरोकिए पनि साना तथा मझौला उद्योग, व्यवसाय, सार्वजनिक सवारीका साधन ठप्प छन् । 

प्रकाशित : १८ जेष्ठ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६